जनताले ‘मलाई आउ देश बचाउ’ भनिरहेका छन् : ज्ञानेन्द्र शाह

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले नागरिकले आफूलाई देश बचाउन बोलाइरहेको बताएका छन् । बिहीबार भैरहवामा नागरिक अभिनन्दन ग्रहण गर्दै पूर्वराजा ज्ञानेन्द्रले आफु जता गए पनि नागरिकले आऊ, देश बचाऊ भन्ने सुनिरहेको बताएका हुन् ।

सम्बोधनको क्रममा उनले आफु कतै नगएर नेपालीहरुको पिडालाई नियालिरहेको बताएका छन् । उनले भने- ‘म जता जाऊँ, जहाँ पुगौं, जनआवाज उठेको सुन्छु– मलाई आऊ, हाम्रो देश बनाऊ र देश बचाऊ । देशको सभ्यता र समृद्धि बढाऊँ । यहाँ उभिएर म भन्दछु– म बोलिरहेछु, देश बनोस्, देश बचोस् भन्ने आफ्ना पुर्ख्यौली भावना, इच्छा, आकांक्षा पोखिरहेछु । म अन्त गएको छैन, सदासदा नेपालीका साथमा छु, नेपालभित्रै छु । नेपालीहरूको सुख–दुःख, सुविधा, असुविधा, बाधा, पीडा तथा हिजो आजको अवस्थालाई नजिकैबाट नियालिरहेको छु ।’

उनले सदाचारी राजनीतिको युग बितिसकेको भन्दै नेपाल भित्र हुने र गरिने राजनीतिक परिवर्तनमा कुनै न कुनै प्रकारले भित्र तथा बाह्य शक्तिको टेको चाहिन्छ भन्ने भाष्य रहेको बताए ।

पूर्व राजा ज्ञानेन्द्रले सबै एक ठाउमा उभिएर समिक्षा गरेर राम्रो मार्ग चित्र तयार गर्न आग्रह गरेका छन् । उनले भनेका छन्- ‘ आउँ अब हामी सबै एकै ठाउमा उभियौं अनि सोचौं र सबै कुराको समिक्षा गरेर एउटा राम्रो मार्ग चित्र तयार गरौँ । देश हामीले नै बनाउने हो- हाम्रो स्रोतसाधनको परिचालन गरेर देशको समृद्धि हामीले नै अघि बढाउने हो ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दसैं-तिहारका लागि अग्रिम टिकट बुकिङ कहिलेदेखि ?

काठमाडाैं । दसैँ-तिहारका लागि १२ असोजदेखि अग्रिम बस टिकटको बुकिङ खुला गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घबीच शनिबार बसेको बैठकले यातायात व्यवस्था विभागसँग छलफल गरी अग्रिम टिकट खुला गरिने निर्णय गरेको हो ।

प्रतिकृया दिनुहॊस