एमालेबाट राष्ट्रिय सभामा को-को बने उम्मेदवार ?

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रिय सभा निर्वाचनका लागि आफ्ना १९ उम्मेदवारको टुंगो लगाएको छ ।

एमालेले कोशी प्रदेशबाट अन्यतर्फ भोजपुरका परशुराम अधिकारी र महिलातर्फ सुनसरीकी रूक्मिणी चौधरीलाई उम्मेदवार बनाएको छ । एमालेले बागमतीमा महिलातर्फ दोलखाकी रोचकुमारी चौलागाईं, दलिततर्फ धादिङका ध्रुवराज विश्वकर्मालाई एमालेले उम्मेदवार बनाएको छ ।

त्यस्तै अपाङ्गतातर्फ विवेक देवकोटा उम्मेदवार बनाएको छ भने अन्यतर्फ चितवनका त्रिलोचन निर्मल पौडेललाई उम्मेदवार बनाएको छ । त्यसैगरी मधेश प्रदेशबाट अन्यतर्फ महोत्तरीका डा. अर्जुनकुमार सिंह र महिलातर्फ पर्साकी उषा चौधरी उम्मेदवार बनेकी छन् ।

त्यस्तै लुम्बिनी प्रदेशबाट अन्यतर्फ पाल्पाका झपिन्द्रबहादुर बिसी र महिलातर्फ तुलसा केसी उम्मेदवार बनेकी छन् । त्यस्तै गण्डकी प्रदेशबाट अन्यतर्फ बागलुङका मोहनलाल शर्मा, अपाङ्गता/अल्पसंख्यकबाट मुस्ताङका हेमन्त शेरचन र महिलातर्फ गोरखाकी सम्झना देवकोटा उम्मेदवार बनेकी छन् ।

एमालेले कर्णालीबाट अन्यतर्फ मुगुका डिल्लीराज भट्ट, दलिततर्फ दैलेखका हिक्मत बिक र महिलातर्फ हुम्लाकी विमलाकुमारी शाही उम्मेदवार बनाएको छ । त्यसैगरी एमालेले सुदूरपश्चिमबाट महिलातर्फ कैलालीकी सावित्रा घिमिरे, अपाङ्गतातर्फ कैलालीकै रामचन्द्र जोशी र अन्यतर्फ कञ्चनपुरका ईश्वरीप्रसाद खरेललाई उम्मेदवार बनाएको छ ।

माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता गर्ने तालिका रहेको छ । फागुन २० गते राष्ट्रिय सभाका २० सांसदहरूको पदावधि सकिँदैछ । कार्यकाल सकिने एक महिनाअघि निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्थाअन्तर्गत माघ ११ गते निर्वाचन हुदै छ ।

माघ ११ गते १९ सिटमा निर्वाचन हुदै छ भने खाली हुने एक सिट सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने भएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस