कांग्रेसले टुङ्ग्यायो उम्मेदवार, को-को परे ? (सूचीसहित)

काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रियसभा निर्वाचनका लागि १० जना उम्मेदवारको टुंगो लगाएको छ । गएराति अबेरसम्म बसेको कांग्रेस पदाधिकारी बैठकले उम्मेदवारको टुंगो लगाएको हो ।

कांग्रेसमा संस्थापन र इतर समूहबीच भागबन्डा नमिल्दा उम्मेदवार छनोटमा ढिलाइ भएको थियो ।

कांग्रेसले कोशीमा कृष्णप्रसाद सिटौलालाई उम्मेदवार बनाएको छ । उनलाई अन्य समूहबाट उम्मेदवार बनाइएको हो । यस्तै, मधेसमा आनन्दप्रसाद ढुंगाना (अन्य), बागमतीमा जितजंग बस्नेत (अन्य) र विष्णुकुमारी पुडासैनी (महिला) उम्मेदवार बनेका छन् ।

यसैगरी, कांग्रेसले गण्डकीमा किरणबाबु श्रेष्ठ (अन्य) र पदमबहादुर परियार (अपाङ्गता/अल्पसंख्यक), लुम्बिनीमा विष्णुकुमारी सापकोटा (महिला), कर्णालीमा कृष्णबहादुर रोकाया (अन्य) लाई उम्मेदवार बनाएको छ ।

सुदूरपश्चिममा बलदेव बोहरा (अन्य) र नारायणदत्त भट्ट (अपाङ्गता/अल्पसंख्यक) कांग्रेसका उम्मेदवार बनेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस