देश छाड्दै युवा, १० लाख हेक्टरभन्दा बढी खेतीयोग्य जमिन बाँझो

काठमाडौं । नेपालमा खेतीयोग्य जमिनमध्ये करिब १० लाख ३० हजार हेक्टर क्षेत्रफल बाँझो रहेको पाइएको छ । सरकारी तथ्यांक अनुसार नेपालको कुल खेतीयोग्य जग्गा ४१ लाख २१ हजार हेक्टरमध्ये हाल ३० लाख ९१ हजार हेक्टर क्षेत्रफलमा मात्रै खेती गरिन्छ । खेतीयोग्य भूमिमध्ये १० लाख ३० हेक्टर जमिन अझै बाँझो रहेको हो ।

कृषि क्षेत्रमा लगानीअनुसार फाइदा नहुने देखिएपछि कृषि पेसाबाट पलायन हुने अवस्था बढ्दै गएको वरिष्ठ कृषि अर्थ विज्ञ डा. महादेव प्रसाद पौडेलले बताए । उनकाअनुसार कृषिमा श्रम गर्ने युवा शक्तिको पलायन, न्यून उत्पादकत्व, कृषि उत्पादन सामग्रीको कमी, कम नाफामुखी व्यवसाय र अपेक्षित रुपमा सम्मानित पेसाका रुपमा विकसित हुन नसक्नु लगायतका कारण खेतीयोग्य जमिन बाँझो छ । ‘घाटाको व्यापार कसले गर्छ, नेपालमा कृषि क्षेत्र नाफामुखी छैन,’ उनले भने, ‘लागत अनुसार आम्दानी हुँदैन, यसले गर्दा खेतीपातीमा आकर्षण घट्दो छ र खेती बाँझो भएको हो ।’

देशभर व्यावसायिक भन्दा निर्वाहमुखी खेती भइरहेको छ । यहाँको उत्पादनले भारतको उत्पादनसँग प्रतिस्पर्धा गर्न नसकेर बजार पाउन समस्या हुन्छ । यसले गर्दा किसानहरू निरुत्साहित हुन्छन् । ‘भारतबाट आउने उपजसँग स्वदेशी कृषि उपज प्रतिस्पर्धा गर्न सक्दैन,’ विज्ञ डा. पौडेलले भने, ‘कतिपय स्थानमा जंगली जनवारले खेतीपाती बारम्बार नष्ट गर्दा खेती गर्नै छोडेका छन् ।’

तराई क्षेत्रको तुलनामा पहाडी क्षेत्रमा बढी जग्गा बाँझो छ । यसो हुनुमा पहाडी क्षेत्रमा तराई भन्दा कम कृषि क्षेत्रमा अवसर हुनु हो । गाउँ छाडेर सहरमा बस्ने प्रवृत्ति बढ्दै गएको कारणले पनि गाउँघरका जमिन बाँझो हुने अवस्थामा पुगेको छ । नेपालमा निर्वाहमुखी खेती गर्न छोड्ने र आधुनिक खेतीको पहुँच हुन नसक्दा खेत बाँझो भएको रैथाने एग्री प्रोडक्टस् नेपालका अध्यक्ष तथा कृषि अभियन्ता तिलक ढकालले बताए । उनले भने, ‘गाउँघरमा पशुचौपाया पाल्न छोडियो, ट्याक्टर पुगेको छैन, यसले गर्दा पनि खेत बाँझो भएको छ ।’

नेपालमा खेतीयोग्य जग्गा खण्डीकृत भएकाले व्यावसायिक रुपमा खेती गर्न नसकिएकाले खेत बाँझो भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव भोजराज सापकोटाले बताए । यसका साथै बाह्रै महिना सिँचाइ सुविधा पुग्ने ३५ प्रतिशत पनि जमिन नभएको, टेक्नोलोजीको सहयोग पु-याउन कठिन, बिउबिजनको सुविधामा समस्या लगायतका कारण पनि जमिन बाँझो रहने गरेको उनको भनाइ छ ।
मुलुकमा कुन क्षेत्रमा कस्तो प्रकारको कृषि उत्पादन हुन्छ, त्यसको अभिलेखीकरण गर्न जरुरी रहेको कृषि अभियन्ता ढकालले बताए । ‘विदेशबाट ल्याएका बिउ, यहाँका हावापानी सुहाउँदो नहुन सक्ला,’ उनले भने, ‘बाँझो खेतमा खेती विस्तारका लागि हावापानी सुहाउँदो बिउको प्रवर्द्धन गर्नुप-यो ।’

पालिकास्तरमा कृषि बजारको प्रवर्द्धन, व्यवस्थापन, प्रविधिको सुधार र रैथाने ब्रान्डिङ गरेमा ती खेतलाई सदुपयोग गर्न सकिने कृषि अभियन्ता ढकालको भनाइ छ ।

विदेसिदै दक्ष जनशक्ति
गत साउनमा रोजगारीका लागि बिदेसिनेमध्ये ६९ प्रतिशत दक्ष रहेकामा मङ्सिरमा यो हिस्सा ७३ प्रतिशत पुगेको छ ।

गत साउनमा ५५ हजार ५७५ जना वैदेशिक रोजगारीमा गएकामध्ये दक्ष भएर जानेको सङ्ख्या ३८ हजार ७५५ रहेकामा मङ्सिरमा गएका ७१ हजार २७६ जनामध्ये ५१ हजार ३४० जना दक्ष भएर गएका छन् । वैदेशिक रोजगार विभागको तथ्याङ्कले गत साउनमा उच्च दक्ष श्रमिक ११८ जना, अर्धदक्ष चार हजार ४६४ र अदक्ष १२ हजार २८४ जना बिदेसिएका छन् । यस्तै मङ्सिरमा उच्च दक्ष श्रमिकको सङ्ख्या २११ जना, अर्धदक्ष छ हजार १२० जना, अदक्ष १३ हजार ५९७ जना रहेका छन् ।

त्यसो त आर्थिक वर्ष २०७७/७८ मा भन्दा आव २०७९/८० मा वैदेशिक रोजगारीमा दक्ष भएर जानेको सङ्ख्या २४ प्रतिशतले बढेको थियो । आव २०७८/७९ मा भन्दा आव २०७९/८० मा यो सङ्ख्या १९ प्रतिशत बढेको देखिन्छ । पछिल्लो तथ्याङ्कबाट दक्ष भएर वैदेशिक रोजगारीमा जाने क्रम बढेको पुष्टि हुुन्छ । आव २०७८/७९ मा छ लाख ३० हजार ९० जनाले श्रम स्वीकृति लिएर विदेश गएकामा दुई लाख ९१ हजार ८८९ जना (४७ प्रतिशत) दक्ष जनशक्ति थिए भने आव २०७७/७८ मा एक लाख ६६ हजार ६९८ जनाले श्रम स्वीकृति लिएकामा ७० हजार ४२६ (४२ प्रतिशत) जना दक्ष रहेका छन् ।

विभागका अनुसार आव २०७९/८० मा सात लाख ७१ हजार ३२७ जनाले श्रम स्वीकृति लिएर विदेश गएकामध्ये अर्धदक्ष भएर जानेको सङ्ख्या ६० हजार ५५५ जना (आठ प्रतिशत) रहेको छ भने अदक्षको सङ्ख्या दुई लाख दुई हजार ६१६ जना (२६ प्रतिशत) रहेको छ । सो अवधिमा उच्च सिपयुक्त (इन्जिनियर, चिकित्सक, व्यवस्थापक) मा काम गर्न जानेको सङ्ख्या एक हजार ४१० जना (दुई प्रतिशत) रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

अझै पाँच राजमार्ग पुर्णरुपमा अवरुद्ध, सडकतर्फको क्षति करिब ३० अर्ब

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अझै बाढी र पहिरोका कारण क्षति भएका पाँच वटा राजमार्ग पूर्णरुपमा अवरुद्ध रहेको जानकारी दिएको छ । मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरेर देशका पाँच प्रमुख राजमार्ग खुलाउन बाँकी रहेको जानकारी दिएको हो ।

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds