राष्ट्रियसभा निर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशन

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको लागि अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ । सातवटै प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा आइतबार अन्तिम नामावली प्रकाशन भइसकेको निर्वाचन आयोगले जनाएको हो ।

आयोगका अनुसार सातवटै प्रदेशमा प्रदेश सभाका मतदाता ५४९ रहेका छन् भने स्थानीय तहका १४९८ रहेका छन् । जसमा प्रदेश सभामा प्रति मतदाताको ५३ मतभारका दरले जम्मा मतभार २९ हजार ९७ रहेको छ भने स्थानीय तहको प्रति मतदाताको १९ मतभारका दरले जम्मा मतभार २८ हजार ४६२ रहेको छ । दुबै तर्फ गरेर २०४७ मतदाताको जम्मा मतभार ५७ हजार ५५९ रहेको निर्वाच्न आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम पौडेलले जानकारी दिए ।

आयोगका अनुसार प्रदेशगत हिसाबले कोशी प्रदेशमा प्रदेशसभा सदस्यतर्फ ९३ जना र गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगर प्रमुख र उपप्रमुखतर्फ २७४ जना गरी ३६७ जना मतदाता छन् ।

कोशी प्रदेश सभा सदस्यको मतभार ४९२९ छ । पालिका अध्यक्ष र उपाध्यक्ष तथा नगर प्रमुख र उपप्रमुख गरी ५२०६ मतभार छ । कोशी प्रदेशमा कुल १० हजार १३५ मतभार कायम हुने छ ।

त्यस्तै मधेश प्रदेशमा प्रदेश सभा सदस्यको १०७, पालिका अध्यक्ष र उपाध्यक्ष तथा प्रमुख र उपप्रमुख २६७ गरी जम्मा ३७४ जना मतदाता छन् । प्रदेश सभा सदस्यको मतभार ५६७१ र पालिका अध्यक्ष र उपाध्यक्ष तथा प्रमुख र उपप्रमुखको ५०७३ गरी जम्मा १० हजार ७४४ मतभार कायम हुनेछ । बागमती प्रदेशमा प्रदेश सभा सदस्यतर्फ ११० तथा पालिका अध्यक्ष र उपाध्यक्ष तथा प्रमुख र उपप्रमुखतर्फको मतदाता संख्या २३७ गरी जम्मा ३४७ जना मतदाता कायम भएका छन् ।

बागमतीमा प्रदेश सभा सदस्यको मतभार ५८३० र पालिकाका अध्यक्ष र उपाध्यक्ष तथा प्रमुख र उपप्रमुखतर्फको मतभार ४५०३ गरी जम्मा १०३३३ मतभार कायम हुनेछ ।

गण्डकी प्रदेशमा प्रदेश सभा सदस्यतर्फ ६० तथा पालिका अध्यक्ष र उपाध्यक्ष तथा प्रमुख र उपप्रमुख तर्फको मतदाता १७० गरी जम्मा २३० जना मतदाता कायम भएका छन् । गण्डकीमा प्रदेश सभा सदस्यको मतभार ३१८० र पालिका अध्यक्ष र उपाध्यक्ष तथा प्रमुख र उपप्रमुखको मतभार ३२३० गरी जम्मा ६४१० मतभार कायम हुनेछ ।

यस्चै लुम्बिनी प्रदेशमा प्रदेश सभा सदस्यको मतदाता संख्या ८७ तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा प्रमुख र उपप्रमुख तर्फको मतदाता संख्या २१८ गरी जम्मा ३०५ जना मतदाता कायम भएका छन् ।

लुम्बिनी प्रदेशमा प्रदेश सभा सदस्यको मतभार ४६११ र पालिकाका अध्यक्ष र उपाध्यक्ष तथा प्रमुख र उपप्रमुखतर्फको मतभार ४१४२ गरी जम्मा ८७५३ मतभार कायम हुने आयोगले जनाएको छ ।

कर्णालीमा प्रदेश सभा सदस्यको संख्या ४० छ । पालिका अध्यक्ष र उपाध्यक्ष तथा प्रमुख र उपप्रमुख १५६ जना छन् । प्रदेश सभाको मतभार २१२० र पालिकाको २९६४ गरी कर्णालीमा जम्मा मतभार ५०८४ हुने छ ।

सुदूरपश्चिम प्रदेशमा प्रदेश सभा सदस्यतर्फको मतदाता संख्या ५२ तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा प्रमुख र उपप्रमुखतर्फको मतदाता संख्या १७६ गरी जम्मा २२८ जना मतदाता कायम छन् । जसअनुसार प्रदेश सभा सदस्यको २७५६ र पालिकाका ३३४४ गरी जम्मा ६१०० मतभार कायम रहेको आयोगले जनाएको छ ।

राष्ट्रिय सभा निर्वाचन आगामी माघ ११ गतेका लागि तय भएको छ । त्यसका लागि सोमबार उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

अझै पाँच राजमार्ग पुर्णरुपमा अवरुद्ध, सडकतर्फको क्षति करिब ३० अर्ब

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अझै बाढी र पहिरोका कारण क्षति भएका पाँच वटा राजमार्ग पूर्णरुपमा अवरुद्ध रहेको जानकारी दिएको छ । मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरेर देशका पाँच प्रमुख राजमार्ग खुलाउन बाँकी रहेको जानकारी दिएको हो ।

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds