सुर्खेत विमानस्थल विस्तारका लागि ६ बुँदे निर्णय

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले सुर्खेत विमानस्थलको विस्तार गर्ने भएको छ । यसअघि वैकल्पिक विमानस्थल बनाउनुपर्ने बताए पनि अब भने सुर्खेत विमानस्थलको विस्तार गर्न जुटेको हो ।

मंगलबार सर्वदलीय, सर्वपक्षीय भेला गरेर नगरपालिकाले विमानस्थल विस्तारका लागि सुझाव समेत लिएको छ । नगरप्रमुख मोहनमाया ढकालले विमानस्थल विस्तार गर्ने कुरामा नगरपालिका अग्रसर भइरहेको बताइन् । त्यसका सबैको सहयोग आवश्यक रहेको उनको भनाइ छ ।

क) सुर्खेत विमानस्थलबाट दैनिक रुपमा बुद्ध एयरले २ र श्री एयरले १ वटा उडान सञ्चालन गरिरहेका छन् जसले गर्दा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर र संघीय राजधानी काठमाडौँबिच आउने जाने काम सहज बनाएको छ । हाल सञ्चालन भइरहेको हवाई सेवालाई सुरक्षित तथा भरपर्दो बनाउन नगरी नहुने क्षेत्रको विस्तार तथा आवश्यक भौतिक पूर्वाधार निर्माण गर्न प्रदेश सरकार मार्फत संघीय सरकारसँग माग गर्ने ।

ख) सञ्चालन भइरहेको हवाई सेवालाई सुरक्षित तथा भरपर्दो बनाउन सुर्खेत विमानस्थल विस्तार गर्दा अधिग्रहण गरिने जग्गा र भौतिक संरचनाको उचित मुआब्जा तथा चलनचल्तीको मूल्यमा स्थानीय वासीहरुलाई उपलब्ध गराउने गरी नीति बनाउन प्रदेश सरकार मार्फत संघीय सरकारसँग माग गर्ने ।

ग) कर्णाली प्रदेशको नमुनाको रुपमा रहेको विद्यालय श्री अमर ज्योति नमुना माद्यामिक विद्यालयमा हजारौँ विद्यार्थी अध्ययनरत भएको अवस्था र उक्त विद्यालय विमानस्थलको सिमानाको निकट छ, सुर्खेत विमानस्थलको विस्तार कार्यलाई सहज र छिटो छरितो गर्नका लागि उपयुक्त स्थानमा तत्काल स्थानान्तरण गर्न योजना र कार्यक्रमसहित पहलकदमी लिन प्रदेश सरकारसँग सम्झौता गर्ने ।

घ) कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर र कर्णाली प्रदेश अन्तर्गत रहेका विमानस्थल र नजिक रहेका विमानस्थलमा सुर्खेत विमानस्थलबाट नियमित हवाई सेवा सञ्चालन गर्न संघीय सरकारसँग माग गर्ने र आवश्यक पहल गर्न प्रदेश सरकारको ध्यानाकर्षण गर्ने ।

ड) सुर्खेत विमानस्थलमा दैनिक रुपमा ३०० भन्दा बढी यात्रुहरु आवत जावत गर्ने विमानस्थलमा परिणत भएको अवस्था छ । तर भौतिक संरचनामा कुनै सुधार भएको अवस्था छैन । तसर्थ टर्मिनल भवन, यात्रु बस्ने स्थान, शौचालय व्यवस्थित लगायत आवश्यक भौतिक संरचना निर्माण गर्न नेपाल उड्डयन प्राधिकरणसँग माग गर्ने ।

च) सर्वदलीय तथा सर्वपक्षीय बैठकबाट गरिएका निर्णयहरू कार्यपालिकाको बैठक मार्फत कार्यान्वयनका लागि अगाडि बढाउन सम्बन्धित निकायमा अनुरोध गर्ने।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

अझै पाँच राजमार्ग पुर्णरुपमा अवरुद्ध, सडकतर्फको क्षति करिब ३० अर्ब

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अझै बाढी र पहिरोका कारण क्षति भएका पाँच वटा राजमार्ग पूर्णरुपमा अवरुद्ध रहेको जानकारी दिएको छ । मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरेर देशका पाँच प्रमुख राजमार्ग खुलाउन बाँकी रहेको जानकारी दिएको हो ।

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds