कर्णालीमा बाइक खस्दा ढकाल दम्पतीको मृत्यु

काठमाडौं । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा अछामको पञ्चदेवल विनायकका एक दम्पतीको मृत्यु भएको छ । बुधबार साँझ कैलालीको मोहन्याल गाउँपालिका-७ मा पर्ने कुइने चिसापानी सडक खण्डको पितमारीमा भएको पञ्चदेवल विनायक नगरपालिका-१ कुइकाका खकेन्द्र ढकाल र उनकी श्रीमती मैसरा ढकालको मृत्यु भएको हो ।

ढकाल दम्पती सवार भे १३ प १०७४ नम्बरको मोटरसाइकल सडकबाट दुई सय मिटर तल कर्णाली नदीमा खसेको थियो । उनीहरू अछामबाट बर्दियाको भुरीगाऊँ तर्फ आइरहेका थिए । बुधबार साँझ करिब ७ बजेतिर नदीमा खसेका दुवै जनालाई मोटर बोट र र्याफ्टिङको सहायताले उद्धार गरिएको थियो । मृतकका शव टीकापुर अस्पतालमा राखिएको इलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ ।

मृतक ढकालका २ छोरा र १ छोरी बर्दियाको भुरीगाऊँमा बसेका छन् भने ढकाल अछामको विनायक बजारमा बिजुली पसल राखेर विद्युतको काम गरिरहेका थिए । मृतकका बुवा मोतीराम ढकालको पनि ५ वर्षअघि अछाममा बस दुर्घटनामा परी मृत्यु भएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दसैं-तिहारका लागि अग्रिम टिकट बुकिङ कहिलेदेखि ?

काठमाडाैं । दसैँ-तिहारका लागि १२ असोजदेखि अग्रिम बस टिकटको बुकिङ खुला गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घबीच शनिबार बसेको बैठकले यातायात व्यवस्था विभागसँग छलफल गरी अग्रिम टिकट खुला गरिने निर्णय गरेको हो ।

प्रतिकृया दिनुहॊस