समाचार

डा. गोविन्द केसीले अनसन स्थगित गरे

काठमाडौं । डा. गोविन्द केसीले २३ दिन लामो आमरण अनसन स्थगित गरेको घोषणा गरेका छन् । देशभर आइलागेको प्राकृतिक विपतबाट आफू आहात भएको र बाढी कम भएपछि आइलाग्ने महामारीजन्य प्रकोपको व्यवस्थापन गर्नु पर्ने भन्दै डा. केसीले आफ्नो अनसन स्थगितको घोषणा गरेका हुन् ।

पुरा पढ्नुहॊस »

कैलालीका बाढीप्रभावित क्षेत्रमा टाइफाइड र ज्वरोको प्रकोप

धनगढी । कैलालीका बाढी प्रभावितहरुमा महामारी फैलिन उच्च जोखिम देखिएको छ । अहिले नै पेट दुख्ने, ज्वरो आउनेदेखि टाइफाइडका विरामी भेटिएका छन् । भजनी नगरपालिकाको वडा नम्बर ८, ३ र ५ का वस्तीमा शुक्रबार राती बाढी पसेपछि विस्थापित भएकाहरु हुलाकी राजमार्गको छेउमा पालमुनि रात कटाउन बाध्य छन् । उचित खानपानको अभाव, दुषित पानी र खुला शौचालयका कारण रोगको प्रकोप देखिन थालेको छ ।   विस्थापित वस्तीमा उपचारमा संलग्न भजनी प्राथमिक …

पुरा पढ्नुहॊस »

सुर्खेतमा पहिरोले घर बगाउँदा एकै परिवारका तीन जनाको मृत्यु

सुर्खेत । सुर्खेतमा पहिरोले घर बगाउँदा एकै परिवारका तीन जनाको ज्यान गएको छ । शुक्रबार राति देखिको अविरल वर्षाका कारण आएको पहिरोले घर बगाउँदा गुर्भाकोट नगरपालिका–६ मा एकै परिवारका तीन जनाको ज्यान गएको हो । सदरमुकाम वीरेन्द्रनगरबाट पूर्वपट्टि पर्ने गुर्भाकोट नगरपालिका–६ बडाखोलीस्थित सिन्दुरखोला गाउँमा पहिरोले घर बगाउँदा ८३ वर्षीय गुमानसिंह बुढा,  १४ वर्षीय नाती बिक्रम बुढा र १२ वर्षीय सरन बुढाको ज्यान गएको सुर्खेत प्रहरीले जनाएको छ ।लगातारको वर्षाभएपछि रत्नराजमार्ग …

पुरा पढ्नुहॊस »

चितवनको सौराहमा बाढी पस्यो ,अधिकांश होटल डुबानमा,उद्दारमा कठिनाई

चितवनको सौराहमा बाढी पसेपछि अधिकांश होटल डुबानमा परेका छन् ।सौराहामा रहेका ११० वटा होटलमा अधिकांशमा पानी पसेको छ । राप्तीको बाढीले सौराहाको नेचर हेरिटेज होटलको दुईवटा सवारी बगाएको छ । पानीको सहत बढ्दै गए पछि पर्यटकहरु उद्दारका लागि अनुरोध गर्न थालेका छन् । अहिले नेपाल प्रहरी, सशस्त्र र सेना लगायत स्थानियको सहयोगमा केही स्थानमा उद्धार जारी छ                    

पुरा पढ्नुहॊस »

झापामा अहिलेसम्मकै भारी वर्षा अधिकांश क्षेत्र डुबानमा

पूर्व  झापामा शनिबार अहिलेसम्मकै सबैभन्दा धेरै वर्षा भएको छ ।  पूर्वका अधिकांश क्षेत्र डुबानमा परेका छन् ।   झापामा दुई दिनदेखि परेको अविरल वर्षाका कारण आउको बाढीमा परी चार जनाको मृत्यु भएको छ भने दुई बेपत्ता छन् ।मृत्यु हुनेमा झापा गाउँपालिका वडा नं. २ की कमला घोर्सानी, वडा नं. ७ की कमला दर्लामी र शिवसताक्षी नगरपालिका वडा नं. १, धरमपुरका २८ वर्षीय लेखनाथ पाण्डे   छन् । जिल्लाका १ हजार २ सय ४९ …

पुरा पढ्नुहॊस »

बाढी प्रभावित क्षेत्रमा खटिन सुरक्षा प्रमुखहरुलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले देशका विभिन्न क्षेत्रमा अविरल बर्षाका कारण ढुवानमा परेकाहरुको तत्काल उद्दार गर्न निर्देशन दिएका छन् ।   शनिबारसाँझ गृहमन्त्री, रक्षामन्त्रीका साथै प्रधानसेनापति, नेपाल प्रहरी र शशस्त्र प्रहरीका प्रमुख, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख लगायतका अधिकारीहरुलाई बालुवाटारमा बोलाएर देउवाले ढुवानमा परेका क्षेत्रमा तदारुकताका साथ उद्दार कार्य हघि बढाउन आफैं उपस्थित हुन निर्देशन दिएका हुन् । ‘बाढीले तराईमा ठूलो धनजनको क्षतिपुगेको छ’ उनले भने ‘तपाईहरु अव काठमाडौं बस्ने होइन, …

पुरा पढ्नुहॊस »

सर्वोच्चद्वारा चुडामणि शर्मालाई साधारण तारेखमा रिहा गर्न आदेश

काठमाडौं ।सर्वोच्च अदालतले आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्मालाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। उनकी श्रीमति कल्पना उप्रेती शर्माले गैरकानूनी रुपमा शर्मालाई थुनामा राखेको भन्दै गत असार २७ गते सर्वोच्चमा   सर्वाेच्चमा बन्दीप्रत्यक्षीकरण मुद्दा दायर भएको थियो।

पुरा पढ्नुहॊस »

पहिरोमा परी एकै परिवारका तीन जनाको मृत्यु

काठमाडौं ।लगातारको बर्षाका कारण पाँचथरमा  पहिरोमा पुरिएर एकै परिवारका तीन जनाको मृत्यु भएको छ भने एक भएका  वेपत्ता छन्।मृत्यु हुनेमा विष्णुभक्त राई, उनकी छोरी र नाति रहेका छन्।

पुरा पढ्नुहॊस »

डा.केसीको अनशन आजै तोडाउने सरकारी तयारी

काठमाडौं ।मेडिकल कलेज सम्बन्धनको विषयमा चिकित्सा शिक्षा आयोगले निर्णय लिनेगरी विधेयक अगाडि बढाउने विषयमा प्रधानमन्त्री निवास वालुवाटारमा आज बसेको उच्चस्तरीय बैठकले नयाँ मेडिकल कलेज सम्बन्धनको विषयमा चिकित्सा शिक्षा आयोगले निर्णय लिनेगरी विधेयक अगाडि बढाउने सहमति गरेको छ। यसमा एमाले सहमत भए आजै डा. केसीका माग सम्बोधन गरी अनशन तोडाउने सरकारी तयारी छ।

पुरा पढ्नुहॊस »

उत्तर कोरिया जाँदै नेता माधवकुमार नेपाल

काठमाडाै । एमाले नेता एवं पूर्वप्रधामन्त्री माधवकुमार नेपाल परराष्ट्र मन्त्रालयको आग्रहको बेवास्ता गर्दै शुक्रबार उत्तर कोरियाको राजधानी प्योङयाङ प्रस्थान गर्दै छन् ।एक कार्यक्रमको प्रमुख अतिथिका लागि नेता नेपाल सांसदहरू हरिबोल गजुरेल, छाया शर्मा, एकनाथ ढकालसहित प्योङयाङ जान लागेका हुन् । सांसदहरू भने बिहीबार नै त्यसतर्फ लागिसकेका छन् । उत्तर कोरियाले अमेरिका, दक्षिण कोरिया र जापानमाथि धावा बोलिरहेका बेला संयुक्त राष्ट्रसंघको एक सदस्य मुलुक नेपालका पूर्वप्रधानमन्त्रीको उत्तर कोरिया भ्रमण विवादास्पद बनेको …

पुरा पढ्नुहॊस »