धनगढी । कैलालीका बाढी प्रभावितहरुमा महामारी फैलिन उच्च जोखिम देखिएको छ । अहिले नै पेट दुख्ने, ज्वरो आउनेदेखि टाइफाइडका विरामी भेटिएका छन् ।
भजनी नगरपालिकाको वडा नम्बर ८, ३ र ५ का वस्तीमा शुक्रबार राती बाढी पसेपछि विस्थापित भएकाहरु हुलाकी राजमार्गको छेउमा पालमुनि रात कटाउन बाध्य छन् । उचित खानपानको अभाव, दुषित पानी र खुला शौचालयका कारण रोगको प्रकोप देखिन थालेको छ ।
विस्थापित वस्तीमा उपचारमा संलग्न भजनी प्राथमिक केन्द्रका सिनियर अहेब कृतिसिंह बिकले बाढी प्रभावितहरुमा टाउको दुख्ने, पेट दुख्ने लगायत टाइफाइड र ज्वरोको प्रकोप देखिएको बताए ।
दुषित पानी र खुला शौचका कारण रोगले महामारीको रुवप लिन सक्ने भन्दै समयमै ध्यान दिन जरुरी रहेको बताए ।
शुक्रबार रातिदेखि सडक किनारमा पालमुनी बसिरहेका विस्थावितहरुले थोरै भएपनि राहत पाएका छन् । तर, सडक किनारमा बास बस्न कष्टकर भएको बताए ।
कैलालीका निमित्त प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बाढीबाट विस्थापित भएकाहरुलाई एकद्वारा प्रणाली मार्फत राहत वितरण गरिएको बताए । बाढीका कारण कैलालीमा २ जनाको मृत्यु भएको छ भने २५ सय परिवार विस्थापित भएका छन् ।
अनलाइनखबरबाट
प्रतिकृया दिनुहॊस