झापामा अहिलेसम्मकै भारी वर्षा अधिकांश क्षेत्र डुबानमा

पूर्व  झापामा शनिबार अहिलेसम्मकै सबैभन्दा धेरै वर्षा भएको छ ।  पूर्वका अधिकांश क्षेत्र डुबानमा परेका छन् ।   झापामा दुई दिनदेखि परेको अविरल वर्षाका कारण आउको बाढीमा परी चार जनाको मृत्यु भएको छ भने दुई बेपत्ता छन् ।मृत्यु हुनेमा झापा गाउँपालिका वडा नं. २ की कमला घोर्सानी, वडा नं. ७ की कमला दर्लामी र शिवसताक्षी नगरपालिका वडा नं. १, धरमपुरका २८ वर्षीय लेखनाथ पाण्डे   छन् ।

जिल्लाका १ हजार २ सय ४९ घर परिवार प्रभावित भएका छन् भने १ हजार २ सय घर परिवार विस्थापित भएका छन् । केही दिनदेखिको निरन्तरको वर्षाका कारण झापा लगायत पुर्वी नेपालका अधिकांश जिल्ला डुबान, कटान र पहिरोको जोखिममा परेका हुन् ।

तराईका जिल्लामा डुबान र कटानको समस्या भईरहेका बेला पहाडी जिल्लामा भने पहिरोको जोखिम बढेको छ । पहिरोका कारण पाँचथरमा ४ जनाको मृत्यु भईसकेको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

सहकारीको डेढ अर्बभन्दा बढी रकम ठगी फरार मेयर नेपाली भारतबाट पक्राउ

काठमाडौं – सहकारीका बचतबकर्ताको करोडौं रकम अपचलन गरी फरार बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली …

प्रतिकृया दिनुहॊस