काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले देशका विभिन्न क्षेत्रमा अविरल बर्षाका कारण ढुवानमा परेकाहरुको तत्काल उद्दार गर्न निर्देशन दिएका छन् ।
शनिबारसाँझ गृहमन्त्री, रक्षामन्त्रीका साथै प्रधानसेनापति, नेपाल प्रहरी र शशस्त्र प्रहरीका प्रमुख, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख लगायतका अधिकारीहरुलाई बालुवाटारमा बोलाएर देउवाले ढुवानमा परेका क्षेत्रमा तदारुकताका साथ उद्दार कार्य हघि बढाउन आफैं उपस्थित हुन निर्देशन दिएका हुन् ।
‘बाढीले तराईमा ठूलो धनजनको क्षतिपुगेको छ’ उनले भने ‘तपाईहरु अव काठमाडौं बस्ने होइन, प्रभावित क्षेत्र पुग्नुहोस् । उद्दारमा एकीकृत भएर काम गर्नुहोस् ।’
उनले बाढीका कारण थप ढुवानमा पर्न सक्ने क्षेत्रको पनि पहिचान गरेर उच्च सतर्कता उपनाउन पनि निर्देशन दिको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
बाढी पीडितहरुको उद्दार, राहत र स्थानान्तरणमा जुनसुकै सहयोग गर्न सरकार तयार रहेको भन्दै उनले उद्दारमा नागरिक समाजको पनि सहयोग लिन आग्रह गरे ।
बैठकमा गृहमन्त्री जनार्दन शर्माले बाढि प्रभावित क्षेत्र ८० प्रतिशत ढुवानमा परेको तथ्यांक पेश गरेका थिए । मौसमका कारण हेलिकप्टरबाट उद्दार गर्ने कार्य अघि बढाउन नसकिएको उनले बताए ।
प्रधानसेनापति राजेन्द्र क्षेत्रीले नेपाली सेना फिल्डमा खटिइसकेको तर, उद्दार टोली तयारी अवस्थामा रहेपनि मौसमका कारण हेलिकप्टरबाट उद्दार गर्न नसकिएको बताएका छन् ।
अनलाइनखबरबाट
प्रतिकृया दिनुहॊस