सुर्खेतमा पहिरोले घर बगाउँदा एकै परिवारका तीन जनाको मृत्यु

सुर्खेत । सुर्खेतमा पहिरोले घर बगाउँदा एकै परिवारका तीन जनाको ज्यान गएको छ । शुक्रबार राति देखिको अविरल वर्षाका कारण आएको पहिरोले घर बगाउँदा गुर्भाकोट नगरपालिका–६ मा एकै परिवारका तीन जनाको ज्यान गएको हो । सदरमुकाम वीरेन्द्रनगरबाट पूर्वपट्टि पर्ने गुर्भाकोट नगरपालिका–६ बडाखोलीस्थित सिन्दुरखोला गाउँमा पहिरोले घर बगाउँदा ८३ वर्षीय गुमानसिंह बुढा,  १४ वर्षीय नाती बिक्रम बुढा र १२ वर्षीय सरन बुढाको ज्यान गएको सुर्खेत प्रहरीले जनाएको छ ।लगातारको वर्षाभएपछि रत्नराजमार्ग अन्तरगत हर्रे–कोहलपुर सडक खण्डमा पहिरोजाँदा सडक अवरुद्ध भएको छ । भेरीगंगा नगरपालिकाको हर्रे नजिकै गएराति पहिरो जाँदा सवारीसाधन चल्न सकेका छैनन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

काठमाडौँवासीलाई घटस्थापना अघि मेलम्चीको पानी

काठमाडौँ । काठमाडौँवासीले दसैँको घटस्थापना अघि नै मेलम्चीको पानी पाउने भएका छन् । काठमाडौँमा मेलम्चीको पानी पथान्तरणका लागि अहिले सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ ।

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds