काठमाडौं ।सरकारले स्वाइन फ्लुको प्रयोगशाला प्रमाणित संक्रमणबाट दस जनाको मृत्यु भएको जनाएको छ । इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार कास्कीमा तीन जनाको मृत्यु भएको छ भने काठमाडौं, ललितपुर, बुटवल, झापा, पाल्पा र स्याङ्जामा एक–एक जनाको ज्यान गएको छ । विभिन्न जिल्लामा स्वाइन फलूको संक्रमण हृवात्तै बढेको छ । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको गत जून, जुलाई र अगस्ट ४ सम्मको परीक्षणका क्रममा सबैभन्दा बढी स्वाइन फलूको संक्रमण चितवनमा भेटिएको छ ।
त्यसै गरी चितवन बाहेकका जिल्ला तनहुँ, लम्जुङ, गोरखा, नवलपरासी, धादिङबाट आएका ३६ जना बिरामीमा गरिएको परीक्षणमा थप ३१ जनामा स्वाइन फलू भेटिएको छ ।
स्वाइन फलू बिरामीले प्रयोग गरेको रुमाल, तौलिया, मोवाइल, चश्मा, कम्प्युटर, ल्यापटप प्रयोग गर्दा, विरामीसँग हात मिलाउँदा, जुठो खाँदा यो रोग सर्न सक्छ । विरामीले हाँछ्यू गर्दा, विरामीको एक मिटरसम्म नजिक बसेको व्यक्तिलाई हावाको माध्यमबाट सर्दछ ।
यसबाट बच्न खोक्दा, हाँछ्यू गर्दा सफा कपडा वा रुमालले नाक, मुख छोप्ने गर्नुपर्छ । साबुन पानीले मिचिमिची हात धुने, पोषिलो , झोलिलो पदार्थ प्रशस्त मात्रामा पिउनुपर्ने र विरामी व्यक्ति अनावश्यक रुपमा मानिसहरुको भीडभाड भएको ठाउँमा जानु हुदैन् ।
स्वाइन फलूको परीक्षण अस्पतालमा निःशूल्क रुपमा हुँदै आएको छ ।




