झापामा पानीमा डुबेर एकै दिनमा तीनको मृत्यु

झापामा पानीमा डुबेर मृत्यु हुने क्रम बढ्दै गएको छ । शनिबार झापाका विभिन्न स्थानमा पानीमा डुबेर एक बालकसहित तीन जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा झापा गौरीगन्ज गाउँपालिका १ की ४७ वर्षीया बिन्दाकुमारी मगर, शिवसताक्षी नगरपालिका ८ झिलझिलेका १३ वर्षीय दिपेश राई र झापा गाउँपालिका २ हल्दारवस्तीका ४५ वर्षीय यादव पोखरेल रहेका छन् ।

शनिबार अपरान्ह गौरीगन्ज बजारबाट घर फर्कने क्रममा माई खोला तर्न खोज्दा भेलले बगाउँदा बिन्दा मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । त्यसैगरी घर नजिकै पानी जमेको खाल्डोमा पौडी खेल्न जाँदा दिपेश राईको पानीमा डुबेर मृत्यु भएको हो । ठूलो माईखोलाले बगाउँदा यादव पोखरेलको शनिबार बिहान मृत्यु भएको थियो । झापाका अधिकांश खोलामा पानीको सतह घटे पनि पानीले बगाएर र पानीमा डुबेर दिनहुँ जसो मृत्यु हुने गरेको छ ।

अन्नपूर्ण पोस्टबाट

बारेमा news

यॊ पनि हेर्नुहॊस

सूचना आयोगको प्रमुख आयुक्तमा डा. आचार्य सिफारिस

काठमाडौँ । राष्ट्रिय सूचना आयोगको प्रमुख आयुक्तमा डा. सुरेश आचार्य सिफारिस भएका छन् । आयोगको …

प्रतिकृया दिनुहॊस