दमक । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता वीरेन्द्र संग्रौलाको निधन भएको छ । नेता वीरेन्द्रकाे बुधबार बिहान २ बजे झापाको दमक–८ स्थित आफ्नै निवासमा निधन भएको हो । बहत्तर वर्षीय संग्रौला पेटसम्बन्धी रोगबाट पीडित भएको परिवारिक स्रोतले जनाएको छ ।राजनीतिकसँगै सामाजिक क्षेत्रमा क्रियाशील उनी राप्रपाका मेची अञ्चल सदस्य, साविक लखनपुर गाविसका पूर्व प्रधानपञ्च र दमक नगरपालिकाका मनोनीत उपप्रमुख थिए । तीन छोरा र दुई छोरी रहेका छन् भने उनको पार्थिव शरीर अहिले कन्काई नदीमा अन्त्येष्टि गरिने जनाइएको छ ।
यॊ पनि हेर्नुहॊस
सहकारी ठगी प्रकरण : रवि लामिछानेको आजको बयान सकियो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको काठमाडौंमा शुक्रबारको बयान सकिएको छ । …
प्रतिकृया दिनुहॊस