कैलाली । कैलालीको खानीडाँडामा भएको बस दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ । भने २१ जना घाइते भएका छन् । धनगढीदेखि डोटीको विपिनगरका लागि छुटेको बस सोमबार दिउँसो कैलालीको चुरे गाउँपालिकामा दुर्घटना भएको थियो । मृत्यु हुनेमा डोटी जोरायल गाउँपालिका वडा नम्बर ५ का ७० वर्षका नरबहादुर देउवा र कैलालीको जोशीपुर गाउँपालिका वडा नम्बर ५ की ४८ वर्षकी दुर्गा देवी मल्ल रहेका छन् । घाइते सबैको अत्तरीया स्थित पदमा अस्पतालमा उपचार भईरहेको छ । घाइते मध्ये ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।
तपाईंको प्रतिकृया




