चितवन । चितवनजिल्लामा स्क्रब टाइफस र स्वाइनफ्लु रोगको संक्रमणसँगै डेंगु रोगसमेत देखिएको छ । २२४ जना बिरामीको परीक्षण गरिएकामा एक जनामा डेंगु रोगको बिरामी देखिएको हो । अहिलेसम्म जिल्लामा ३९१ जनामा गरिएको परीक्षणमा १०५ जनामा स्क्रब टाइफस रोग देखिएको छ । जसमा एक जना महिलाको मृत्यु भएको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।यस्तै स्वाइनफ्लुबाट तीन महिनाको अन्तरालमा १७२ जना बिरामी भएका छन् ।
तपाईंको प्रतिकृया




