दुईवटा वडाको अन्तिम परिणाम सार्वजनिक, दुवैमा माओवादी विजयी

काठमाडौं । स्थानीय तह निर्वाचनको तेस्रो चरणअन्तर्गत प्रदेश नम्बर २ मा हिजाे भएको निर्वाचनको प्रारम्भिक मत परिणाम प्राप्त हुन थालेको छ। मंगलबार बिहानसम्ममा २ वटा वडाको अन्तिम परिणाम सार्वजनिक भएको छ। यी दुवै वडामा माओवादी केन्द्रले जित हात पारेको छ। सिरहाको कर्जन्हा नगरपालिका वडा नम्बर १ को अध्यक्षमा माओवादी उम्मेदवार मोहनबहादुर खत्री ३४२ मत प्राप्त गरी विजयी भएका छन्।उता धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ११ मा पनि माओवादीले जित हात पारेको छ । वडाध्यक्षमा माओवादी उम्मेदवार सत्यनारायण कुमार दनुवार २०६ मत ल्याएर विजयी भएका छन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

पर्यटन बोर्ड सीईओ छनोट कार्य रोक्ने अन्तरिम आदेशलाई दियो उच्च अदालतले निरन्तरता

काठमाडौँ । उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनोटसम्बन्धी कुनै पनि …

प्रतिकृया दिनुहॊस