नवल यादवलाई संयुक्त राष्ट्रसंघको प्रतिष्ठित अवार्ड

काठमाडौं । नेपाली नागरिक नवल यादवले सन् २०१७ को संयुक्त राष्ट्रसंघीय महासचिव अवार्ड प्राप्त गरेका छन् । न्यूयोर्कस्थित राष्ट्रसंघको सचिवालयमा आयोजित एक कार्यक्रमका बीच राष्ट्रसंघका उपमहासचिव एमिना जे मोहम्मदले उनलाई शुक्रबार  सो अवार्ड प्रदान गरेकी हुन् ।

उक्त  संयुक्त राष्ट्रसंघले प्रत्येक वर्ष आफ्नो जिम्मेवारीभन्दा माथि उठेर योगदान पुर्‍यउने कर्मचारीलाई चार विधामा महासचिव अवार्ड प्रदान गर्ने गर्छ ।

यादवले ‘च्याम्पियन अफ द सस्टेनेबल डेभलपमेन्ट गोल्स विधामा परस्कार जितेका हुन् । नेपालमा सामुदायिक स्कुलहरुलाई सहयोग गरेकोमा यादवलाई सो पुरस्कार दिइएको बताइएको छ ।

महोत्तरी जिल्लाको तिमाकियामा जन्मेका यादव सन् २००३ को अप्रिलमा इन्टरनल अडिटरका रुपमा संयुक्त राष्ट्रसंघमा प्रवेश गरेका थिए ।

यादवले १४ वर्ष नैरोबीको राष्ट्रसंघ कार्यालय, पूर्वी टिमोरको शान्ति मिसन, सुडानको शान्ति मिसन र न्यूयोर्कस्थित राष्ट्रसंघको प्रधान कार्यालयमा काम गरे । यादव एक चार्टर्ड एकाउन्टेन्ट हुन् । उनले २५ वर्षसम्म नेपालको सरकारी कर्मचारीका रुपमा काम गरेका थिए ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

दोदा नदीमा डुबेर १७ वर्षीय राजेन्द्र र विजय कुँवरको मृत्यु

काठमाडौं । कञ्चनपुरको दोदा नदीमा डुबेर दुई जनाको मृत्यु भएको छ । नदीमा डुबेर बेलौरी …

प्रतिकृया दिनुहॊस