आजदेखि काठमाडौंको चक्रपथमा ट्रक, टिप्पर र मिनिट्रक चल्न रोक

काठमाडौं । सवारीजामलाई व्यवस्थापन गर्न सरकारले आजदेखि काठमाडौंको चक्रपथमा ट्रक, टिप्पर र मिनिट्रक चल्न रोक लगाएको छ । सवारी जाम हुने मुख्य समयमा ट्रक, टिप्पर र मिनिट्रक सञ्चालन गर्न नदिने निर्णयसहित बुधबारदेखि सञ्चालन गर्न रोक लगाउने निर्णय गरेको हो । यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराई, ट्राफिक प्रहरी महाशाखाका प्रमुख मिङमा लामा, ट्रक तथा टिप्पर व्यवसायी महासंघका महासचिव राजेन्द्रकुमार श्रेष्ठ र राष्ट्रिय यातायात व्यवसायी महासंघ सहितको सरोकारवालाको बैठकले मंगलबार यस्तो निर्णय गरेको छ । निर्णयलाई बुधबारदेखि कार्यान्वयन गरिने यातायात व्यवस्था विभागका प्रवक्ता टोकराज पाण्डेले जानकारी दिनुभयो ।

चक्रपथमा जाम हुने मुख्य स्थल
कलंकी, नारायणगोपाल चोक, चाबहिल, गौशाला, कोटेश्वर, सातदोबाटो, ग्वार्खो
चक्रपथको लम्बाइ २९.२ किलोमिटर
उपत्यकामा गुड्ने सवारीसाधन करिब ११ लाख
बाग्मती अञ्चलमा मात्र हालसम्म दर्ता भएका
ट्रक, टिप्पर १९,४४०
ट्र्याक्टर र पावरटिलर २,९०८
सञ्चालनमा रोक लगाएको समय
बिहान साढे ८ बजेदेखि साढे १० बजेसम्म र दिउँसो साढे ३ बजेदेखि साढे ६ बजेसम्म
चक्रपथमै सवारी जामको उच्च समस्या भएकाले कलंकी, नारायणगोपाल चोक, गौशाला, चाबहिल, कोटेश्वर, ग्वार्खो, सातदोबाटोलगायत क्षेत्रमा लामो समय जाम हुँदा यात्रुले दुःख खेप्नुपरेको र समय वर्वाद भएकाले दिनचर्यामै प्रभाव परेको प्रवक्ता पाण्डेको भनाइ छ । चक्रपथभित्र ट्रक, टिप्पर र मिनिट्रक बिहान ६ देखि बेलुका ८ बजेसम्म सञ्चालन नहुने व्यवस्था पनि कायमै राखिएको छ । ट्रक तथा टिप्पर व्यवसायी, यातायात व्यवसायीको सहमतिमै गरिएको निर्णय भएकाले कार्यान्वयनमा सहज हुने विश्वाससमेत विभागले लिएको छ ।

चक्रपथमा करिब ११ लाख सवारीसाधन गुड्दै आएको र यसमा करिव ३० प्रतिशत ट्रक र टिप्पर रहेको विभागको भनाइ छ । विभागको तथ्यांकअनुसार बाग्मती अञ्चलमा मात्र हालसम्म १९ हजार चार सय ४० ट्रक दर्ता भएका छन् भने दुई हजार नौ सय आठ ट्र्याक्टर र पावरटिलर दर्ता भएका छन् । बुधबारदेखि बिहान साढे ८ बजेदेखि साढे १० बजेसम्म र दिउँसो साढे ३ बजेदेखि साढे ६ बजेसम्म ट्रक र टिप्परलाई चक्रपथमा चल्न रोक लगाएकाले सवारी जाममा सुधार हुने विभागको भनाइ छ । अब २९ दशमलव दुई किलोमिटरको चक्रपथमा बिहान कार्यालय समय र बेलुकी कार्यालयबाट फर्कने बेला ट्रक, टिप्पर र मिनिट्रक सञ्चालन भए ट्राफिक प्रहरीले कारबाही गर्ने विभागले जानकारी दिएको छ ।

बुधबारदेखि चक्रपथमा तोकिएको समयमा यी गाडी भित्रिए या सञ्चालन भए ट्राफिक प्रहरीले कारबाही गर्ने जनाएको छ । यता, सवारी जामको मुख्य कारण बनेको लामो दूरी चल्ने बस कोटेश्वर हुँदै कलंकी घुम्ने गरेको पाइएको भन्दै १ साउनदेखि बसपार्कबाटै छुट्नुपर्ने र सिधै कलंकीबाट बाहिरिनुपर्ने निर्णयसमेत भएको छ । उपत्यकाको सवारी जामलाई व्यवस्थापनमा सुधार गर्न पुरानो बसपार्कबाट छुट्ने बस पनि सिधा आफ्नो रुटबाटै जानुपर्ने व्यवस्था सुरु गर्ने तयारी गरेको विभागको भनाइ छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

करेन्ट लगाएर माछा मर्ने क्रममा २६ वर्षीय विकासको मृत्यु

काठमाडौं । लमजुङमा करेन्ट लगाएर माछा मार्ने क्रममा एक युवाको मृत्यु भएको छ । दोर्दी …

प्रतिकृया दिनुहॊस

This will auto close after