ओली सरकार सुस्त भयो, अब ‘गियर-चेञ्ज’ गर्नुपर्छ : टोपबहादुर रायमाझी

काठमाडाैं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य  एवम् सांसद टोपबहादुर रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको काम सुस्त रहेको भन्दै अब ‘गियर’ बदल्नुपर्ने बताएका छन् ।

उनले भने,‘सरकारले अब गियर चेञ्ज गर्नुपर्छ । अहिले काम अलि सुस्त देखिएको छ । गियर चेञ्ज गरेपछि बल्ल पिक अप लिन्छ ।’ अर्घाखाँचीको मालारानी-४ श्री कालिका नेपाल राष्ट्रिय उच्च माध्यमिक विद्यालय खनमा आजदेखि मालारानी शैक्षिक तथा धार्मिक महोसत्व-२०७५ को उद्घाटन गर्दै उनले सरकारले अब गियर चेञ्ज गरेर तीव्र गतिमा जनता र राष्ट्रको पक्षमा लागि पर्नको आग्रह  गरे ।

उनले मुलुक यतिवेला राजनीतिक आन्दोलनको युगबाट विकास र समृद्धिको युगमा प्रवेश गरेको बताउँदै भने,‘यतिमात्रै होइन, नयाँ संविधान जारी गरेसँगै हामी संविधान कार्यान्वयनको प्रक्रियामा पनि अघि बढिरहेका छौं । यतिबेला ज्यादै नै महत्वपूर्ण र सकारात्मक परिस्थिति सिर्जना भएको छ । विगतमा राजनीतिक अस्थिरताका कारण विकास र समृद्धिको पक्षमा जति काम हुनुपर्दथ्यो, त्यति हुन सकेन् । राजनीतिक आन्दोलनका कारण पनि हामीले जसरी देशलाई विकासको बाटोमा डोर्याउनुपर्दथ्यो । त्यो सकेनौं । तर, पछिल्लो चरणमा दुई तिहाइको सरकार बनेको छ ।’

उनले अब वर्तमान सरकारले विकास र समृद्धिको लागि राष्ट्र निर्माणको लागि एउटा मार्गचित्र निर्माण गरेर द्रुत गतिमा देशलाई अगाडि बढाउनुपर्ने धारणा राखे । उनले भने,‘सरकारले राष्ट्र र जनताको आवश्यकता पूरा गर्नुपर्छ । यसै सन्दर्भमा हामीले अब विकासको लागि काम गर्न पुरानो परम्परा र संस्कार छोडेर अगाडि बढ्नुपर्दछ । नयाँ परम्परा, नयाँ विचार, नयाँ योजना र नयाँ संस्कारसहित हामी अगाडि बढ्नुपर्दछ ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

आफन्तकोमा हिंडेका बालक पानीमा डुबेको अवस्थामा मृत्त भेटिए

काठमाडौं । सर्लाहीको बलरा नगरपालिकास्थित लक्ष्मीपुरमा पानीमा डुबेको अवस्थामा एक बालकको शव फेला परेका छ …

प्रतिकृया दिनुहॊस

This will auto close after