कार्यालयमै घुस लिँदालिँदै सहन्यायाधिवक्ता थापा अख्तियारको नियन्त्रणमा

काठमाडौं । सहन्यायाधिवक्ता सुरेन्द्रबहादुर थापा पाँच लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालयको टोलीले सरकारी वकिल कार्यालय पोखरामा कार्यरत थापालाई पाँच लाख घुस रकमसहित बुधबार बिहान ८ बजेर ४५ मिनेटमा नियन्त्रणमा लिएको अख्तियारको क्षेत्रीय कार्यालय पोखराका उपसचिव रमेश ढकालले जानकारी दिए ।

सहन्यायाधिवक्ता थापाले सेवाग्राहीसँग ठगी मुद्दाको पुनरावेदन नगरिदिने शर्तमा घुस लिएको आरोप लगाइएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप