काठमाडौं । मोरङको बूढीगंगा गाउँपालिका ४ प्रगती टोलमा मालबहाक ट्रक (लहरी गाडी) किराना पसलमा पल्टिँदा किचिएर ३ जनाको मृत्यु भएको छ । एक घाइते भएका छन् । मृतक मध्ये दुई जना एकै परिवारका हुन् । शुक्रबार आर जे २९ जीबी १५६१ भारतीय नम्बर प्लेटको लहरी प्रगती टोलमा पल्टिएको थियो । लहरीमा लोड गरिएको मार्बल ढुंगाले किचिएर बूढीगंगा गाउँपालिका ४ का ज्योती अधिकारीकी ४ वर्षीया छोरी इसिता अधिकारी, छोरा निशान्त अधिकारी …
पुरा पढ्नुहॊस »अवैध बाटोबाट अमेरिका पुगेका ८ नेपाली स्वदेश फिर्ता
काठमाडौँ । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल फिर्ता पठाएको छ । अमेरिकाले उनीहरूलाई चार्टर उडानबाट काठमाडौँ फिर्ता पठाएको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिए । ‘अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ नेपालीलाई अमेरिकाले रिपोर्ट गरी बिहीबार काठमाडौँ फिर्ता पठाएको छ’, उनले भने, ‘हिजो उनीहरू आफन्त कहाँ गएर बसेका थिए । आज उनीहरूलाई हामीले सम्पर्कमा बोलाएका …
पुरा पढ्नुहॊस »प्रतिपक्षीको अवरोधपछि संसद् बैठक स्थगित
काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले र प्रतिपक्षी दल राप्रपाको अवरोधपछि प्रतिनिधिसभाको शुक्रबारको बैठक केहीबेरका लागि स्थगित भएको छ । बैठक सुरु भए लगत्तै एमाले र राप्रपाका विवादित मन्त्रीहरुको राजीनामा लगायतका विषयमा प्रश्न उठाएको थियो । कांग्रेस सांसद राजेन्द्र केसीले प्रतिपक्षले नियतवस गणपुरक संख्या पु¥याउन नदिन बैठक छोडेको भन्दै कुरा उठाउपछि सुरुमै एमाले सांसदहरुले आपत्ति जनाएका थिए । त्यसपछि बोल्ने क्रममा एमाले सांसद योगेशकुमार भट्टराईले विवादित मन्त्रीहरुको राजीनामा पनि मागे …
पुरा पढ्नुहॊस »एमालेको मागमा थपियो प्रधानमन्त्रीको जवाफ
काठमाडौं । नेकपा एमालेले संसद्मा राखेका तीन मागलाई यथावत् राख्दै अर्को अघि सारेको छ । जारी प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले सचिव योगेश भट्टराईले प्रधानमन्त्रीको जवाफ माग गरेका हुन् । उनले बालकुमारी घटनाको छानबिन आयोगले सरकारलाई बुझाएको प्रतिवेदन संसद्मा बुझाउन माग गरे । ‘आयोगले बुझाएको प्रतिवेदनमा के छ ? अहिले संसद चलिरहेको संसदमा आउनुपर्यो,’ उनले भने, ‘यो कुरा प्रधानमन्त्रीले बताउनुपर्छ ।’ भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको कारणले घटना भएको प्रतिवेदनमा …
पुरा पढ्नुहॊस »लुक्ला उडेको हेलिकोप्टर काठमाडौं फिर्ता
काठमाडौँ । काठमाडौंबाट लुक्ला उडेको एयर डाइनेष्टीको हेलिकोप्टरमा प्राविधिक समस्या देखिएपछि नौं मिनेटमै काठमाडौँ फिर्ता भएको छ । नाइन एन एजेडी कलसाइनको हेलिकोप्टर काठमाडौंबाट ८ः१४ बजे लुक्लाका लागि उडेको थियो । तर, उडेको ९ मिनेटमै अर्थात् ८ः२३ मिनेटमै हेलिकोप्टर काठमाडौंमा ल्याण्ड गरेको हो । हेलिकप्टरमा कस्तो प्राविधिक समस्या देखिएको थियो भन्ने बारे खुलाइएको छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार समस्या देखिएको हेलिकप्टरको प्राविधिक जाँच पनि पुनः लुक्ला उडान भरिसकेको छ …
पुरा पढ्नुहॊस »दशगजा नजिक नेपाली युवक मृत फेला
काठमाडौं । सर्लाही सदरमुकाम मलङ्गवामा नेपाल-भारत सीमा (दशगजा) नजिक एक युवक मृत फेला परेका छन् । मलङ्गवा नगरपालिका-९, स्थित सीमा क्षेत्र नजिक सोही ठाउँका ३० वर्षीय सहमद साफी मृत अवस्थामा फेला परेका हुन् । साफीको शरीरमा कुनै चोटपटक नदेखिएको र मुखबाट अत्यधिक फिँज काडि रहेकाले धेरै मात्रामा लागु औषध सेवन गर्दा उनको मृत्यु भएको आशङ्का गरिएको छ । मृतक युवकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखी घटनाको अनुसन्धान जारी …
पुरा पढ्नुहॊस »आफ्ना मन्त्री ‘निशाना’मा परेपछि नेकपा एसले भन्यो- बालकुमारी घटनाको प्रतिवेदन सार्वजनिक गरियोस्
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को सचिवालय बैठकले सरकारसँग बालकुमारी घटना जाँचबुझ आयोगको प्रतिवेदन अविलम्ब सार्वजनिक गर्न माग गरेको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकमा प्रतिवेदनको थप अध्ययनपछि भौतिक योजना तथा निर्माणमन्त्री प्रकाश ज्वालालाई वा पार्टीलाई नै सरकारबाट फिर्ता बोलाउने विषयमा पार्टीले निर्णय लिने समझदारी भएको केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । गत पुस १३ गते बालकुमारी घटनामा दुई युवकको मृत्यु भएको …
पुरा पढ्नुहॊस »चन्दा उठाएर तीन महिनापछि नेपाल पठाइयो शव
काठमाडौं । इराकमा मृत्यु भएका मोरङ बयरबन–९ घर भएका चन्द्रबहादुर बस्नेतको शव आर्थिक संकलन गरेर नेपाल पठाइएको छ । केही वर्षदेखि रोजगारीका क्रममा कुर्दिस्तान इराकको अर्बिल सहरमा पुगेका बस्नेतको गत ३ डिसेम्बरका असामयिक निधन भएको थियो । त्यसपछि शव व्यवस्थापनका लागि अन्योल खडा भएको थियो । श्रम स्वीकृति नहुँदा शव पठाउन झन्झटिलो र बढी खर्च हुने भएपछि शव अलपत्र अवस्थामा परेको थियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) इराकले उनको शव …
पुरा पढ्नुहॊस »यस्तो छ आजको संसद् बैठकको कार्यसूची
काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठक संघीय संसद भवन, नयाँ बानेश्वरमा बिहान ११ बजेपछि बस्ने गरी बोलाइएको हो । बैठकमा हिजो प्रस्तुत हुन नसकेको विधेयक प्रस्तुत हुने कार्यसूची छ । बैठक सञ्चालनका लागि आवाश्यक संख्या नपुगे पछि बैठक आजसम्मका लागि स्थगित भएको हो ।
पुरा पढ्नुहॊस »आज बदली, वर्षा र हिमपात (तीन दिनको पूर्वानुमान)
काठमाडौं । देशका केही भू-भागमा आज वर्षाको सम्भावना रहेको छ । पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावका कारण वर्षाको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कोसी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ । बाँकी भू-भागमा मौसम मुख्यतया सफा छ । विभागका अनुसार दिउँसो कोसी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । वाग्मती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ …
पुरा पढ्नुहॊस »