काठमाडाैं । बझाङको बड्डी ज्याबन जिल्लाकै धेरै मठमन्दिर भएको गाउँ। करिब ३० परिवारको बसोबास रहेको यहाँ विभिन्न देवीदेवताका १२ वटा मन्दिर छन् । महादेव यहाँका मानिसले पुज्ने सबैभन्दा ठूला देवता हुन् भने सुल्जन, बरम, मठालिंग, भवानी, खोलालो र पसरौलप्रति पनि स्थानीयको विशेष श्रद्धा छ। डोलारी, लटाबाघ, डाँडाबाघ, धौल्पुर, वनदेवीका मन्दिरको धार्मिक महत्त्व भारतसम्मै फैलिएको छ। यहाँका मानिस आफूलाई महादेवका करिया ठान्छन् । यो खबर आजको कान्तिपुर दैनिकमा बझाङबाट बसन्तप्रताप सिंहले लेखेका छन्। सबैको …
पुरा पढ्नुहॊस »दसैं अवधीभरी नारायणगढ-काठमाडौं सडकमा ठूला सवारी चलाउन प्रतिवन्ध
काठमाडाैं । दसैंका बेला नारायणगढ–काठमाडौँ सडकखण्डमा ठूला मालवाहक साधन नचल्ने भएका छन् । सरकारले दसैंलाई लक्षित गर्दै त्यस्ता मालवाहक साधन काठमाडौं आउन रोक लगाउने भएको हो । दसैं, तिहार तथा छठलगायतका चाडबाडमा काठमाडौंबाहिर जाने यात्रुको संख्या अत्यधिक हुने भएकाले आगामी २४ असोज घटस्थापनादेखि ३१ असोजसम्म नारायणघाट–काठमाडौं सडकखण्डमा ठूला सवारी नचल्ने यातायात व्यवस्था विभागले जनाएको छ । यो खबर आजको राजधानी दैनिकमा कमला अर्यालले लेखेकी छन् । विभागका सूचना अधिकारी गोकर्णप्रसाद उपाध्यायले …
पुरा पढ्नुहॊस »टिन एजमै करोडपति !
काठमाडाैं । युवा क्रिकेटर सन्दीप लामिछाने १८ वर्षको उमेरमै करोडपति भएका छन् । सन् २०१५ को अप्रिलमा नामिबियासँगको विश्व क्रिकेट लिग च्याम्पिएनसिप खेल्दै सन्दीले नेपालबाट अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यू’ गरेका थिए । यो खबर साप्ताहिकले छापेको छ । सन्दीप अहिले १८ वर्ष ६५ दिनका मात्र भएका छन् । विभिन्न खेलमा गरेर अहिलेसम्म सन्दीपले एक करोड २७ लाख ६० हजार रुपैयाँ कमाई सकेका छन् । सन्दीपले अहिले आफू कति पैसा कमाएँ भन्दा पनि …
पुरा पढ्नुहॊस »‘दोस्रो अन्तर्राष्ट्रिय प्लाष्टिक प्रर्दशनी’ काठमाडौंमा जारी
काठमाडाैं । राजधानीको प्रदर्शनी कक्षमा शुक्रबारबाट शुरू भएकाे अन्तर्राष्ट्रिय प्लाष्टिक प्रर्दशनी अाज पनि जारी छ ।प्लाष्टिकका सामग्रीको प्रवद्र्धन तथा जनचेतना फैलाउने उद्देश्यले प्लाष्टिकजन्य वस्तु उत्पादकहरूको छाता सङ्गठन प्लास्ट नेपाल फाउन्डेसनले तीन दिने अन्तर्राष्ट्रिय प्लाष्टिक प्रदर्शनी आयोजना गरेको हो । यो दोस्रो संस्करणको ‘प्लाष्ट नेपाल २०१८’ को रूपमा रहेको छ । ‘प्लाष्टिकलाई चिनौँ’ भन्ने मुल नाराका साथ शुक्रबारबाटदेखि शुरू भएकाे प्रदर्शनी भाेली (अाइतबार) सम्म चल्ने छ । नेपालमा प्लाष्टिकजन्य सामाग्री उत्पादन गर्ने उद्योग …
पुरा पढ्नुहॊस »तिहारअघि नै विराटनगरमा रेल आउने
काठमाडाैं । भारतको बथनाहाबाट विराटनगरमा रेल आउने समय नजिकिँदै छ । विराटनगर र बथनाहा अब एक महिनाभित्र (तिहारअघि) रेल मार्गले जोडिने खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा विराटनगरबाट किशोर बुढाथोकीले लेखेका छन् । नेपालको रेल विभाग र भारती विदेश मन्त्रालयको टोलीले शुक्रबार संयुक्त रुपमा बथनाहाबाट विराटनगर–१८ बुधनगर भन्सार यार्डसम्म निर्माणाधिन रेलमार्ग अनुगमन गरेका छन् । त्यसक्रममा दुबै देशका रेल अधिकारीले एक महिना भित्र बथनाहाबाट बुधनगरसम्म रेल सञ्चालन हुने जानकारी दिए ।
पुरा पढ्नुहॊस »जोगीको आवरणमा भेटिए फरार बैंकर ज्ञवाली
काठमाडाैं । एक समयका सेलेब्रिटी बैंकर थिए कमल ज्ञवाली । ‘क’ वर्गको वाणिज्य बैंक किस्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) रहेका उनी टप बैंकरमा गनिन्थे । सामान्य शिक्षकबाट केही वर्षमै वाणिज्य बैंकको सिइओ बनेका उनको सफलता अस्वाभाविक लाग्ने खालको थियो । तर, सफलता लामो समय टिक्न सकेन । बैंकमा भएको किर्ते कामको अनुसन्धान सुरु भएलगत्तै ५ वर्षअघि उनी फरार भए । उनको संलग्नतामा बैंकमा करोडौँ घोटाला भएको खुल्दै गयो । …
पुरा पढ्नुहॊस »कञ्चनपुरमा ज्वाइँले भगाए जेठानकी श्रीमती
कञ्चनपुर । कञ्चनपुर भीनपा–५ सुकासालमा बसोबास गदै आएका ३० वर्षीय पन्नालाल मोर्याले आफ्नै जेठान हरिस दमाईकी श्रीमती द्रोपती दमाई लाई भगाएका छन् । मार्याले द्रोपती लाई मायाजालमा पारेर वा केहि आर्थिक प्रलोभनमा पारेर बेच्नका लागि लगेको बारे प्रष्ट नभएको परिवारले बताएका छन् । पन्नालालको स्थायी घर भने भारतको पिलिभित हो । बहिनी ज्वाँईले आफ्नै श्रीमती भगाउदा जेठान हरिश दमाई भने एकदमै हैरान भएको बताउछन् । हरिसकी आमा रोहिता दमाई, दिदी …
पुरा पढ्नुहॊस »प्रहरीलाई छल्न ३ तलामाथिबाट हामफाल्ने २ जुवाडेको मृत्यु
काठमाडौं । काठमाडौंको बौद्ध मुलपानीमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले छापा मार्दा झ्यालबाट हाम फालेका २ जना जुवाडेका उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा सोमलाल तामाङ र सरोज घले रहेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएकाे टाेलीले गोप्य सूचनाको आधारमा बौद्ध मूलपानीमा रहेको एक घरको तेस्रो तलामा राति ११ बजे जुवा खेलिरहेको अवस्थामा छापा मारेकाे थियो । साेही क्रममा धेरै संख्यामा रहेका जुवाडेहरू काेही छतबाट र कोही झ्यालबाट हाम फालेका थिए । …
पुरा पढ्नुहॊस »साढे एघार हजार शिक्षकले सम्पत्ति विवरण बुझाएनन्
काठमाडौं । विद्यालय शिक्षक किताबखानामा आर्थिक वर्ष २०७४-०७५ मा करीब ११ हजार ६२३ शिक्षकले सम्पत्ति विवरण बुझाएका छैनन् । करीब ७९ हजार ३१ शिक्षकमध्ये ६७ हजार ४०८ शिक्षकले मात्र सम्पत्ति विवरण बुझाएको किताबखानाका उपनिर्देशक रवीन्द्रकुमार बुढाप्रिथीले जानकारी दिनुभयो । शिक्षकलाई साउनदेखि भदौ २८ गतेसम्म सम्पत्ति विवरण बुझाउन अन्तिम समयसीमा तोकिएको थियो । उहाँका अनुसार स्थायी शिक्षकले किताबखाना र अस्थायी शिक्षकले जिल्लास्थित जिल्ला शिक्षा समन्वय एकाइ कार्यालयमा बुझाउने छन् । भ्रष्टाचार निवारण ऐन-२०५९ …
पुरा पढ्नुहॊस »सांसद हरिनारायण रौनियारसहित १२ जना विरुद्ध मुद्दा
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पप्पु कन्स्ट्रक्सनका तत्कालीन अध्यक्ष सांसद हरिनारायण रौनियार र हालका अध्यक्ष उनका छोरा सुमित रौनियारसहित १२ जना विरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । अख्तियारका सहायक प्रवक्ता मदन कोइरालाका अनुसार बबई पुल गुणस्तरहीन बनाएकाले निर्माणमा संलग्न आयोजना प्रमुख, कर्मचारी र ठेकेदारसहित १२ जना विरुद्ध मुद्दा दायर गरिएको हो । पप्पु कन्स्ट्रक्सनबाट बर्दिया सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाटको बबई पुल निर्माणमा गुणस्तरहीन सामाग्री प्रयोग …
पुरा पढ्नुहॊस »