टिन एजमै करोडपति !

काठमाडाैं । युवा क्रिकेटर सन्दीप लामिछाने १८ वर्षको उमेरमै करोडपति भएका छन् । सन् २०१५ को अप्रिलमा नामिबियासँगको विश्व क्रिकेट लिग च्याम्पिएनसिप खेल्दै सन्दीले नेपालबाट अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यू’ गरेका थिए । यो खबर साप्ताहिकले छापेको छ ।

सन्दीप अहिले १८ वर्ष ६५ दिनका मात्र भएका छन् । विभिन्न खेलमा गरेर अहिलेसम्म सन्दीपले एक करोड २७ लाख ६० हजार रुपैयाँ कमाई सकेका छन् । सन्दीपले अहिले आफू कति पैसा कमाएँ भन्दा पनि राम्रो क्रिकेट खेल्नमै वढी घोत्लिने गरेको बताए ।

‘कहाँबाट कति पैसा आइरहेको छ, म त्यसको विषयमा सोच्दिँन,’ सन्दीपले भने, ‘यो सबै मलाई क्रिकेटले दिइरहेको छ । म अहिले नै पैसातिर लागेँ भने मेरो क्रिकेट अन्त लाग्ला, त्यही भएर म क्रिमेटमै केन्द्रीत छु ।’

उनले आइपिएल भन्दा पनि नेपालबाट खेल्दाको महत्व वढी हुने बताए । ‘म देशलाई प्राथमिकता दिएर खेल्छु,’ उनले भने ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री