काठमाडाैं । राजधानीको प्रदर्शनी कक्षमा शुक्रबारबाट शुरू भएकाे अन्तर्राष्ट्रिय प्लाष्टिक प्रर्दशनी अाज पनि जारी छ ।प्लाष्टिकका सामग्रीको प्रवद्र्धन तथा जनचेतना फैलाउने उद्देश्यले प्लाष्टिकजन्य वस्तु उत्पादकहरूको छाता सङ्गठन प्लास्ट नेपाल फाउन्डेसनले तीन दिने अन्तर्राष्ट्रिय प्लाष्टिक प्रदर्शनी आयोजना गरेको हो ।
यो दोस्रो संस्करणको ‘प्लाष्ट नेपाल २०१८’ को रूपमा रहेको छ । ‘प्लाष्टिकलाई चिनौँ’ भन्ने मुल नाराका साथ शुक्रबारबाटदेखि शुरू भएकाे प्रदर्शनी भाेली (अाइतबार) सम्म चल्ने छ । नेपालमा प्लाष्टिकजन्य सामाग्री उत्पादन गर्ने उद्योग करिब ६ सय रहेको छ ।
विगतका दिनहरूमा प्लाष्टिकजन्य सामाग्रीमा विदेशमा भर पर्नु परेको नेपालले अहिले आयात प्रतिस्थापन सँगै रोजगारी समेत स्थापना गरेको आयोजक समितिका संयोजक विवेक तातेडले बताए । यस प्रदर्शनीले प्लाष्टिकजन्य सामग्री उत्पादन गर्ने उद्योगीलाई अझ हौसला मिल्ने आयोजकको भनाई छ ।
१ सय २० वटा स्टल रहेको प्रर्दशनीमा नेपाली तथा भारतका प्लाष्टिक कम्पनीहरूकोसहभागिता रहेको छ ।




