काठमाडाैं । भारतको बथनाहाबाट विराटनगरमा रेल आउने समय नजिकिँदै छ ।
विराटनगर र बथनाहा अब एक महिनाभित्र (तिहारअघि) रेल मार्गले जोडिने खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा विराटनगरबाट किशोर बुढाथोकीले लेखेका छन् ।
नेपालको रेल विभाग र भारती विदेश मन्त्रालयको टोलीले शुक्रबार संयुक्त रुपमा बथनाहाबाट विराटनगर–१८ बुधनगर भन्सार यार्डसम्म निर्माणाधिन रेलमार्ग अनुगमन गरेका छन् ।
त्यसक्रममा दुबै देशका रेल अधिकारीले एक महिना भित्र बथनाहाबाट बुधनगरसम्म रेल सञ्चालन हुने जानकारी दिए ।
प्रतिकृया दिनुहॊस