दसैं अवधीभरी नारायणगढ-काठमाडौं सडकमा ठूला सवारी चलाउन प्रतिवन्ध

काठमाडाैं । दसैंका बेला नारायणगढ–काठमाडौँ सडकखण्डमा ठूला मालवाहक साधन नचल्ने भएका छन् । सरकारले दसैंलाई लक्षित गर्दै त्यस्ता मालवाहक साधन काठमाडौं आउन रोक लगाउने भएको हो ।

दसैं, तिहार तथा छठलगायतका चाडबाडमा काठमाडौंबाहिर जाने यात्रुको संख्या अत्यधिक हुने भएकाले आगामी २४ असोज घटस्थापनादेखि ३१ असोजसम्म नारायणघाट–काठमाडौं सडकखण्डमा ठूला सवारी नचल्ने यातायात व्यवस्था विभागले जनाएको छ । यो खबर आजको राजधानी दैनिकमा कमला अर्यालले लेखेकी छन् ।

विभागका सूचना अधिकारी गोकर्णप्रसाद उपाध्यायले भने,‘दसैंमा काठमाडौंबाट बाहिर जाने यात्रुलाई सहज होस् भनेर यस्तो निर्णय गरिएको हो ।’ ठूला सवारीले बाटो जाम बनाउने भएकाले दसैंका यात्रुलाई गन्तव्यसम्म पुग्न समस्या हुने भन्दै ठूला सवारीलाई रोक लगाइएको विभागको भनाइ छ । सो सडकखण्डमा अरू बेला पनि हरेकदिनजसो घण्टौंसम्म जाम हुने गर्छ ।

त्यस्तो जाममा परेर दसैंमा घर जाने यात्रुलाई समस्या नहोस् भन्दै सरकारले यस्तो निर्णय गरेको सूचना अधिकारी उपाध्याले बताए  नारायणघाट–काठमाडौं सडकखण्डमा आवतजावत गर्ने यात्रुहरूले ठूला मालवाहक सवारीसाधनका कारण घण्टौं जाममा पर्नुपर्ने बाध्यता छ । यस्तो समस्या अरू बेलाभन्दा दसैंका बेला बढी हुने गरेको छ ।

त्यसैले सर्वसाधारणलाई सहज रूपमा आवतजावत गर्न ठूला सवारीलाई प्रतिबन्ध लगाइएको हो । विभागका अनुसार ठूला मालवाहक सवारीसाधनलाई २४ असोजदेखि असोजदेखि ३१ असोजसम्म नारायणघाटमै रोकिनेछ ।  उपत्यकाबाहिर जाने यात्रुहरूको सहज यात्राका लागि कलंकी, नैकाप, नागढुंगा, थानकोट, नौबिसेलगायतका स्थानमा थप जनशक्ति परिचालन गरिएको छ ।

त्यसैगरी, सरकारले दसैंका बेला यात्रु सहज रूपमा आवतजावत गर्न सार्वजनिक यातायातलाई रुट परमिट खुला गरेको छ । गत बिहीबार दैनिक रूपमा चल्ने सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ सकिएको छ । यस्तो अवस्थामा अप्ठ्यारो परेका यात्रुलाई ओसार्न सक्ने गरी विभागले रुट परमिट खुला गरेको् हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दसैँ टीकाको शुभसाइत कुन देश/स्थानमा कहिले ?

काठमाडौं । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले नेपाल बाहिरका देशमा बसोबास गर्ने नेपालीहरुका लागि पनि दशैंको टीका लगाउने उत्तम साइत तयार पारेको छ । धेरै नेपालीको बसोबास रहेका क्षेत्रबाट माग भएबमोजिम सम्बन्धित देशको ग्रहको दृष्टि अनुसार टीका लगाउने समय यकिन गरिएको हो ।

प्रतिकृया दिनुहॊस