समाचार

नोवेल शान्ति पुरस्कार बलात्कारबिरुद्धका अभियन्तालाई

काठमाडाैं । यस वर्षको नोबेल शान्ति पुरस्कार यौन हिंसाविरुद्ध लडेका दुई जनालाई प्रदान गरिने भएको छ । कङ्गोका  डेनिस् मक्वेज र नादिया मुरादलाई यस वर्षको नोबेल शान्ति पुरस्कार संयुक्त रुपमा प्रदान गरिने भएको हो । मुकागे यौन हिंसाबाट पीडितहरुलाई उपचार गर्दै आएकी चिकित्सक हुन् भने मुराद मानव अधिकारकर्मी हुन् । उनीहरुलाई युद्ध र सशस्त्र द्वन्द्वमा यौन हिंसाको सिकार हुनबाट बचाउन अथक प्रयास गरेको उल्लेख गर्दै यो पुरस्कार दिने घोषणा गरिएको …

पुरा पढ्नुहॊस »

उपत्यकासहित देशका केही ठाउँमा चिसो बढ्यो

काठमाडाैं । उपत्यकासहित देशका केही ठाउँमा चिसो बढेको छ । गएको एक हप्ता यता तापक्रम ३ देखि ४ डिग्री सेल्सियसले घटेको मौसमविद्ले बताएका छन् । मौसमविद् सुवास रिमालका अनुसार तापक्रम अब विस्तारै घट्दै जाने छ । अहिले बिहान र बेलुकी चिसो हुन थालेको छ । काठमाडौंको न्यूनतम तापक्रम आज १५ डिग्री सेल्सियसमा झरेको छ । हिजो १६ डिग्री सेल्सियस थियो । यसअघि काठमाडौंको न्यूनतम तापक्रम १७ डिग्री सेल्सियस थियो । …

पुरा पढ्नुहॊस »

आयल निगमले माग्यो धेरै संख्यामा कर्मचारी (सूचनासहित)

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले विभिन्न पदमा दर्खास्त आह्वान गरेको छ । निगमले  निर्देशकदेखि टेक्निसियनसम्मको पदमा कर्मचारी मागेको हो । थप जानकारीका लागि तलको सूचना हेर्नुहोस् :- 

पुरा पढ्नुहॊस »

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सर्‍यो

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक तीन दिनका लागि सरेको छ । कांग्रेसले पार्टीको संशोधित विधान र समसामयिक विषयमा छलफल गर्नका लागि यही असोज १९ गते शुक्रबार केन्द्रीय कार्यसमिति बैठक बोलाएकोमा विशेष कारणवश बैठक असोज २२ गते सोमबार दिँउसो १ बजेसम्मका लागि सारिएको हो । कांग्रेसले विधान संशोधनका लागि प्रदेशबाट आएका सुझाव र पछिल्लो समयमा मुलुकमा देखिएको राजनीतिक घटनाक्रमका बारेमा छलफलका लागि बैठक बोलाएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद …

पुरा पढ्नुहॊस »

नेपाल एयरलाइन्सले ताप्लेजुङ-काठमाडाैं उडान गर्ने

काठमाडाैं । लामो समयदेखि उडान गर्न नसकेको नेपाल एयरलाइन्सले काठमाडौँ ताप्लेजुङ उडानका लागि टिकट बिक्री शुरु गरेको छ । असार दोस्रो सातायता नियमित उडान गर्न नसकेको निगमले भाडादर घटाएर आगामी बुधबारदेखि उडान गर्ने तयारी गरेको हो । यसअघि रु सात हजार ४६० मा टिकट बिक्री गरेको निगमले अहिले रु एक हजार ६० छुटसहित टिकट बिक्री गरिरहेको र यही असोज २४ देखि सातामा दुई दिन (बुधबार र शुक्रबार) उडान गर्ने तालिका …

पुरा पढ्नुहॊस »

एक करोडमा निर्माण भएको शीतभण्डार वर्षौंदेखि प्रयोगविहीन

सिन्धुली । गोलान्जोर गाँउपालिका -४ तीनकन्याका कृषक बेगबहादुर आले कमलामाई नगरपालिका – ४ दोभानटारमा  शीत भण्डार भवन निर्माण हुदाँ निकै उत्साहित थिए । शीत भण्डार निर्माण भएपछि आफ्नो बगैंचामा उत्पादित जुनार बेमौसममा पनि बेच्न पाउने र मुल्य पनि राम्रै पाउने भयो भन्दै उत्साहित आले अहिले शीत भण्डार प्रयोगविहीन हुदाँ दुःखी छन् । कृषक बेगबहादुर आले बिदेसीले जुनारलाइ नै लक्षित गरेर करोड खर्च गरि निर्माण गरिदिएको भवन प्रयोगमा ल्याउन नसक्नु दुर्भाग्य …

पुरा पढ्नुहॊस »

किष्ट बैंकका पूर्व-प्रबन्ध सञ्चालक ज्ञवाली पक्राउ

काठमाडाैं । कमसल धितो प्रवाह गरेर घोटाला गरेको आरोप लागेपछि फरार रहेका किष्ट बैंकका तत्कालीन प्रबन्ध सञ्चालक कमल ज्ञवाली पक्राउ परेका छन् । महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले उनलाई भारतबाट पक्रेको हो । भारतमा पक्राउ परेर नेपाल ल्याइएका ज्ञवालीलाई आज धनगढीबाट काठमाडौँ ल्याइदै छ । नेपाल राष्ट्र बैंकले दायर गरेको मुद्दामा अदालतले तत्कालीन प्रबन्ध सञ्चालक कमल ज्ञवालीलाई ३ वर्ष कैद र १२ करोड ५० लाख जरीवाना तिराउने फैसला गरेको थियो …

पुरा पढ्नुहॊस »

‘प्रधानमन्त्री कार्यालयमा राजतन्त्रको झल्को’

काठमाडाैं । सांसदहरूले निजामती कर्मचारी प्रशासन संघीयता असफल पार्न उद्यत भएको आरोप लगाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विभिन्न निकाय गाभेर संघीयताको उपहास गरेको भन्दै विपक्षी दलका सांसद मात्र नभई सत्तापक्षकै सांसदले सरकारको आलोचना गरेका छन् । संसद्को राज्यव्यवस्था तथा सुशासन समितिले मुख्यसचिव लोकदर्शन रेग्मीसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवलगायत पदाधिकारीसँग मन्त्रालयको कामकारबाहीबारे बिहीबार छलफल गरेको थियो । छलफलमा सांसदले केन्द्र सरकारले प्रदेश तथा स्थानीय तहलाई अधिकारविहीन बनाएको, प्रधानमन्त्री …

पुरा पढ्नुहॊस »

कर्मचारी समायोजन दसैंअघि नै थाल्न गृहकार्य

काठमाडौं । संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी सेवा ऐनविना नै सरकारले कर्मचारी समायोजन प्रक्रियाको गृहकार्य अघि बढाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजन ऐनको दफा ६ को उपदफा ५ लाई टेकेर समायोजन थाल्नेबारे छलफल अघि बढाएको हो । संसद अधिवेशन बन्द भएको र अध्यादेशबाट संघीय निजामती सेवा ऐन ल्याउन नसक्ने अवस्थामा मन्त्रालयले त्यस्तो विकल्पमा छलफल थालेको समाचार नयाँ पत्रिका दैनिकमा छ । संघीय मामिला तथा सामान्य …

पुरा पढ्नुहॊस »

नेकपाले थाल्याे तल्लाे तहमा एकीकरण

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाले प्रदेशभन्दा तल्ला समितिको एकीकरण प्रक्रिया अगाडि बढाएको छ । पार्टी केन्द्रीय सचिवालयको असोज ६ गते बसेको बैठकले प्रदेश इन्चार्ज, सह–इन्चार्ज तथा प्रदेश समिति अध्यक्ष र सचिवको टुङ्गो लगाएपछि प्रदेश समितिले जिल्ला समिति, गाउँ तथा नगर समिति, वडा समितिको एकीकरण गर्न गृहकार्य थालेका हुन् । एकीकरणको तयारी चलिरहेको अवस्थामा पार्टीको काम कारवाही सञ्चालनका लागि गण्डकी प्रदेश समितिले प्रदेशका सबै जिल्लामा तत्कालका लागि पार्टी संयन्त्र समेत …

पुरा पढ्नुहॊस »