समाचार

नक्कली सुन बेचेर तीन लाख ठग्ने कपनबाट पक्राउ

काठमाडाैँ । नक्कली सुन बेचेर ठगी गरेको आरोपमा प्रहरीले काठमाडौंको कपनबाट एक व्यक्तिलाई पक्राउ गरेको छ। हुम्लाकी एक महिलाले कपनस्थित प्रहरी प्रभागमा उजुरी दिएपछि सोलुखुम्बुका टासीलाक्पा शेर्पालाई शनिबार साँझ प्रहरीले नियन्त्रणमा लिएकाे हाे। कपनबाट महानगरीय प्रहरी परिसरमा ल्याएर अनुसन्धान अघि बढाइएकाे परिसरका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले जानकारी दिए। लामाले नक्कली सुन दिएर आफूबाट तीन लाख रुपैयाँ ठगी गरेको पीडित महिलाले उजुरीमा उल्लेख गरेकी छन्। ती महिलाको नाम भने प्रहरीले खुलाएको छैन। ‘टासीलाक्पाविरुद्ध अन्य …

पुरा पढ्नुहॊस »

दीपक मनाङेको सपथबारे आज छलफल

काठमाडाैँ । गण्डकीको प्रदेश सभा सदस्यमा निर्वाचित राजीव गुरूङ ‘दीपक मनाङे‘ लाई सपथ खुवाउनेबारे आइतबार छलफल हुने भएको छ। गण्डकीका सभामुख नेत्रनाथ अधिकारीले मनाङेको सपथबारे छलफल गर्न आइतबार कार्यव्यवस्था परामर्श समितिको बैठक डाकेका छन्। ‘उहाँको सपथबारे माननीयज्यूहरूका फरक फरक धारणा छन्, आजको बैठकले जे निर्णय गर्छ त्यहीअनुसार हुन्छ,’ सभामुख अधिकारीले भने। उनले मनाङेलाई आजै सपथ खुवाउने तयारी नभएको बताए। सर्वोच्च अदालतबाट जमानतमा थुनामुक्त भएपछि एक साताअघि  मनाङेले आफूलाई सपथ खुवाउन …

पुरा पढ्नुहॊस »

भारतमा गएको भूकम्पको धक्काले नेपाल पनि हल्लियो

बैतडी  । बैतडी र दार्चुलामा गएराती भूकम्पको धक्का महसुस भएको छ। छिमेकी देश भारतको उत्तराखण्ड प्रदेश केन्द्रबिन्दु भएर गएको भूकम्पको धक्का बैतडी र दार्चुलामा पनि महसुस गरिएको हो। शनिबार राति १० बजेर १ मिनेट जाँदा ४ रेक्टर स्केलको भूकम्प मापन गरिएको भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख दिपक बस्नेतले जानकारी दिए। भूकम्पको केन्द्रबिन्दु दार्चुला सदरमुकामवाट दक्षिण पश्चिम २९ किलोमिटर टाढा भारतमा पर्छ।

पुरा पढ्नुहॊस »

मापदण्ड नपुगेका कम्पनीका औषधि बजारमा छ्याप्छ्याप्ती

काठमाडाैँ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को जिएमपी (असल उत्पादन अभ्यास) मापदण्ड पूरा गर्न नसकेर नवीकरण नभएका औषधि कम्पनीले उत्पादन गरेको औषधि बजारमा धमाधम बिक्रीवितरण भइरहेको पाइएको छ। जिएमपी मापदण्ड पूरा नगरेका कम्पनीबाट उत्पादित औषधि गुणस्तरहीन र सेवन गर्दा स्वास्थ्यका लागि हानिकारक हुने विज्ञहरूको सुझाव छ। त्यसैले जिएमपी मापदण्ड पूरा गर्न नसकेका औषधि कम्पनीले उत्पादन गरेका औषधि बिक्रीवितरणमा रोक लगाउनुपर्ने उनीहरूले बताएका छन्। बजारमा अहिले जिएमपी मापदण्ड पुग्न नसकेर नवीकरण …

पुरा पढ्नुहॊस »

बम्जनको आश्रमबाट हराएका अनुयायीको हत्या आशंका, नुनको प्रयोग गरेर शव गलाइएको हुनसक्ने

काठमाडाैँ । प्रहरीले रामबहादुर बम्जनको सिन्धुपाल्चोक बाडेगाउँस्थित आश्रम क्षेत्र उत्खनन् गर्दा नुनको प्याकेटका ९ वटा खोल फेला पारेको छ।  केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले आश्रमबाट करिब तीन सय मिटर पर ती खोल बरामद गरेको हो। खोल पाइएका स्थानमा कोइलाको अवशेष पनि भेटिएको खबर आजको कान्तिपुर दैनिकमा अनिश तिवारीले लेखेका छन्। तपस्वी भनिएका बम्जनको आश्रमबाट हराएका भनिएका सञ्चलाल वाइबाको हत्या भएको आशंका गरिएको छ। प्रहरीले वाइबाको खोजी …

पुरा पढ्नुहॊस »

संसदलाई प्रधानमन्त्री ओलीले आज सम्बोधन गर्ने

काठमाडौं। प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन्। शुक्रबारको बैठकलाई सम्बोधन गर्ने भनिएपनि ब्यस्तताको कारण देखाउदै सम्बोधन स्थगित भएको थियो। प्रधानमन्त्रीले समासमायिक विषयमा प्रतिपक्षि दल र सांसदहरुले उठाएका प्रश्नको सम्बोधन गर्ने प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए। दिउँसो १ बजे बस्ने प्रतिनिधीभसभाको बैठकमा प्रधानमन्त्री सम्बोधन गर्ने तय भएको अधिकारीको भनाइ छ। त्यस्तै आजको कृषि तथा पशुपन्छी विकासमन्त्री चत्रपाणी खनालले जीवनासक विषादी ब्यवस्थापन विधेयकमाथि बिचार गरियोस भनि …

पुरा पढ्नुहॊस »

वाइडबडी प्रकरणः सचिव राईलाई ‘जोगाउने खेल’

काठमाडौ । नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरिद प्रक्रियामा जोडिएका सचिव प्रेम राईलाई ‘जोगाउने’ खेल सुरु भएको छ । संघीय संसदको सार्वजनिक लेखा समितिको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी ओलीनिकट सांसदहरूले निगमका तत्कालीन सञ्चालक समिति अध्यक्ष एवं हालका गृहसचिव राई निर्दोष रहेको भन्दै प्रतिवेदनमा उनको नाम हटाउन सुझाव दिएका छन् । सांसदको विरोधपछि प्रतिवेदन संशोधन गरी राईको नाम हटाउने तयारी भएको छ । निगम, कर्मचारी सञ्चय कोष तथा अख्तियार स्रोतबाट प्राप्त …

पुरा पढ्नुहॊस »

तमोर नदीमा ट्याक्टर खस्दा चालकको मृत्यु

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–३ डुम्रेमा शनिबार ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। धरानबाट पाँचथर जाँदै गरेको को२त ७८५३ नम्बरको ट्याक्टर दिउँसो करीब ३ बजे डुम्रेमा पल्टिएको हो। दुर्घटनामा परी ट्याक्टर चालक सिरहा करजना–५ का ३० वर्षीय सञ्जिव पासवानको घटनास्थलमै मृत्यु भएको धनकुटाका प्रहरी प्रमुख सुरेन्द्रबहादुर गुरुङले जानकारी दिए। उनका अनुसार तमोर लिफ्टिङ खानेपानी आयोजनाको सामान लिएर जाँदै गरेको ट्याक्टर सडकबाट करीब ५० मिटर तल तमोर नदी किनारमा खसेको हो।

पुरा पढ्नुहॊस »

लोकसेवासम्बन्धी कानुन सातै प्रदेशमा पठाउँदै सरकार

काठमाडौं । सरकारले प्रदेश लोकसेवा आयोगको आधार र मापदण्ड निर्धारणसम्बन्धी ऐन यथाशक्य चाँडो सातै प्रदेशमा पठाउने तयारी गरेको छ । यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले केन्द्रीय लोकसेवा आयोगसँग समन्वय गरी तयार पारेको प्रदेश लोकसेवा आयोगको गठन, काम, कर्तव्य र अधिकारसम्बन्धी आधार र मापदण्ड निर्धारणसम्बन्धी विधेयक राष्ट्रिय सभामा दर्ता गरेको छ । राष्ट्रिय सभाबाट सो विधेयक प्रतिनिधिसभामा जानेछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रदेश लोकसेवा आयोगको मापदण्डसम्बन्धी विधेयकलाई स्वीकृत गराइ …

पुरा पढ्नुहॊस »

गण्डकी प्रदेशको योजना तर्जुमाका लागि सुझाव सङ्कलन

काठमाडाैँ । गण्डकी प्रदेशको नीति तथा योजना आयोगले पञ्चवर्षीय योजना तर्जुमाका लागि शुक्रबार म्याग्दीका सरोकारवालाबाट सुझाव सङ्कलन गरेको छ। बेनीमा छलफल कार्यक्रमको आयोजना गरेर प्रदेशका सांसद, जिल्ला समन्वय समिति, स्थानीय तहका जनप्रतिनिधि, निजी क्षेत्र, गैरसरकारी सङ्घसंस्था र सरोकारवालाबाट सुझाव सङ्कलन गरेको हो। छलफलका क्रममा म्याग्दी जिल्लाको समग्र विकासको अवस्था, समस्या, चुनौती, सम्भावना र समस्याको समाधानका उपायको विषयगत रूपमा लिखित सुझाव सङ्कलन गरिएको छ। सहभागीले म्याग्दीको पर्यटन, जलविद्युत्, कृषि, पशुपालन र …

पुरा पढ्नुहॊस »