बैतडी । बैतडी र दार्चुलामा गएराती भूकम्पको धक्का महसुस भएको छ। छिमेकी देश भारतको उत्तराखण्ड प्रदेश केन्द्रबिन्दु भएर गएको भूकम्पको धक्का बैतडी र दार्चुलामा पनि महसुस गरिएको हो।
शनिबार राति १० बजेर १ मिनेट जाँदा ४ रेक्टर स्केलको भूकम्प मापन गरिएको भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख दिपक बस्नेतले जानकारी दिए।
भूकम्पको केन्द्रबिन्दु दार्चुला सदरमुकामवाट दक्षिण पश्चिम २९ किलोमिटर टाढा भारतमा पर्छ।
तपाईंको प्रतिकृया




