काठमाडाैँ । नक्कली सुन बेचेर ठगी गरेको आरोपमा प्रहरीले काठमाडौंको कपनबाट एक व्यक्तिलाई पक्राउ गरेको छ। हुम्लाकी एक महिलाले कपनस्थित प्रहरी प्रभागमा उजुरी दिएपछि सोलुखुम्बुका टासीलाक्पा शेर्पालाई शनिबार साँझ प्रहरीले नियन्त्रणमा लिएकाे हाे।
कपनबाट महानगरीय प्रहरी परिसरमा ल्याएर अनुसन्धान अघि बढाइएकाे परिसरका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले जानकारी दिए। लामाले नक्कली सुन दिएर आफूबाट तीन लाख रुपैयाँ ठगी गरेको पीडित महिलाले उजुरीमा उल्लेख गरेकी छन्। ती महिलाको नाम भने प्रहरीले खुलाएको छैन।
‘टासीलाक्पाविरुद्ध अन्य उजुरी पनि आइरहेका छन्,’ डिएसपी बोगटीले भने, ‘उनी पहिले पनि विभिन्न अपराधमा थुनामा परिसकेका व्यक्ति हुन्।’
तपाईंको प्रतिकृया




