काठमाडौं । विश्व खाद्य कार्यक्रमले विभिन्न पदमा दर्खास्त आह्वान गरेको छ । थप जानकारीको लागि तलको सूचना हेर्नुहोस् ।
पुरा पढ्नुहॊस »बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
काठमाडाैँ । पूर्वपश्चिम राजमार्गअन्तर्गत भरतपुर महानगरपालिका–३ लायन्सचोकमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२ बस्ने ४४ वर्षीय रवीन्द्र रिजाल छन्। वीरगञ्जबाट नारायणगढतर्फ जाँदै गरेको ना५ख ५०६० नम्बरको बसले बिपरीत दिशाबाट आउँदै गरेको बा४०प ९२०६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। बसको ठक्करबाट गम्भीर घाइते भएका रिजालको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो। मोटरसाइकललाई ठक्कर दिने बस र चालकलाई …
पुरा पढ्नुहॊस »फोरजी सेवा विस्तार परियोजना : चिनियाँ ठेकेदारले पठायो टेलिकमलाई पत्र
काठमाडौं । नेपाल टेलिकमको फोरजी सेवा विस्तार परियोजना टेण्डर पारेको चिनियाँ कम्पनीले एक वर्षभित्र फोरजी विस्तार गर्ने भएको छ। चिनियाँ कम्पनीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको शर्त मानेर एक वर्षभित्र फोरजी विस्तार गरिसक्न भएको हो । ठेक्का सम्झौता गर्नुअघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल टेलिकमलाई कडा शर्त सहित १८ बुँदे निर्देशन कार्यान्वनयका लागि पठाएको थियो। मन्त्रालयले पठाएको शर्तमा फोरजी परियोजना एक वर्षभित्र सम्पन्न गरेमात्रै ठेक्का दिन निर्देशन थियो । …
पुरा पढ्नुहॊस »स्पाइनल इन्जुरी नेटवर्कलाई सवा लाख सहयोग
काठमाडौं । राजधानीको रहेको स्पाइनल कर्ड इन्जुरी नेटवर्कलाई नेपाल म्युजिएम एसोसियसनका समन्वयमा जम्मा भएको रू १ लाख २५ हजार रूपैयाँ हस्तान्तरण गरिएको छ । बाैद्ध, माकलवारीमा रहेको स्पाइनल इन्जुरी नेटवर्कले स्वावलम्बन जीवन पद्धतिमा आधारित होस्टल सञ्चालन गर्दै आएको छ ।उक्त होस्टलमा बसेर हाल १५ जना अध्ययन गरिरहेको नेटवर्कका सचिव माधव थापाले जानकारी दिए । सहयोग रकम अन्तरराष्ट्रिय म्युजिएम एसोसियसन, नेपाल च्याप्टरका अध्यक्ष, पूर्व सहायक रथी विजयकुमार थापा र डिसाबिलिटी मिडिया …
पुरा पढ्नुहॊस »सरकारले तोकेको उखुको मूल्य मान्दैनौँ : चिनी उत्पादक महासंघ
सर्लाही । सरकारले बिहीबार निर्धारण गरेको मूल्यमा चिनी कारखाना सञ्चालन गर्न नसक्ने नेपाल चिनी उत्पादक महासंघले जनाएको छ । बिहीबार सरकारले आर्थिक वर्ष २०७५/७६ का लागि उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ५ सय ३६ रुपैयाँ ५६ पैसा निर्धारण गरेको थियो । उखुको मूल्य निर्धारण गर्दा सरकारले चिनी उत्पादक महासंघसँग कुनै छलफल नै नगरी अस्वाभाविक रुपमा निर्धारण गरेकोले त्यो मूल्य कुनै पनि हालतमा स्वीकार्य नहुने चिनी उत्पादक महासंघका अध्यक्ष शशिकान्त अग्रवालले …
पुरा पढ्नुहॊस »१५ वर्षीया किशोरीलाई जबर्जस्ती करणी अभियोगमा ७५ वर्षीय वृृद्ध पक्राउ
चितवन । पूर्वी चितवनको रत्ननगरमा १५ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा रत्ननगर नगरपालिका–११ मङ्गलपुरका ७५ वर्षीय सुकवीर तामाङ पक्राउ परेका छन् । पीडित किशोरीको जाहेरीबमोजिम ती वृद्धलाई नियन्त्रणमा लिइएको टाँडीस्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दयानिधि ज्ञवालीले बताए। बुधबार पीडित किशोरीले आफूलाई विभिन्न टुनामुना लगाएर पटक–पटक बलात्कार गरेको भन्ने उजुरी दिएकीले वृद्धलाई नियन्त्रणमा लिइएको उहाँले जानकारी दिए। ती किशोरीले आफूलाई सञ्चो नभएको बेलामा झारफुक गरी निको गराउने आश्वासनमा घरमा …
पुरा पढ्नुहॊस »भरतपुरमा नापी कार्यालयका कर्मचारी घुससहित पक्राउ
काठमाडाैँ । उपभोक्ता अधिकार संरक्षण मञ्च चितवन शाखाले भरतपुर नापी कार्यालयका एक कर्मचारीलाई २० हजार घुस लिएको अभियोगमा पक्राउ गरी जिल्ला प्रशासन कार्यालयमा बुझाएको छ। पक्राउ परेका उक्त कार्यालयका नापी अधिकृत राजेश कर्माचार्यले बिहीबार भरतपुर महानगरपालिका-१० हाकिमचोकका विष्णु पौडेलको जमिन कित्ताकाट गर्ने क्रममा घुस मागेका थिए। पौडेलले बुझाएका नोटको फोटो खिचेर आफ्नी बहिनीमार्फत उनलाई दिइएको थियो। सोही नोटको नम्बरका आधारमा उनलाई पक्राउ गरी जिल्ला प्रशासन कार्यालयमा बुझाइएको उक्त शाखाका अध्यक्ष …
पुरा पढ्नुहॊस »प्रधानमन्त्री ओलीले राष्ट्रियसभामा प्रदेश लोकसेवा विधेयक पेश गर्दै
काठमाडौं । राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश लोकसेवा आयोग (आधार र मापदण्ड निर्धारण) विधेयक पेश गर्ने भएका छन् । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा शुक्रबार मध्यान्ह एक बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीले उक्त विधेयक पेश गर्न लागेका हुन । बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कर्मचारी समायोजन अध्यादेशलाई स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यक्रम छ । यस्तै, परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले राहदानी विधेयकलाई दफावार …
पुरा पढ्नुहॊस »४७ मालपोत कार्यालयमा अनलाइन सेवा
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले काठमाडौँ उपत्यकालगायत ४७ मालपोत कार्यालयमा अनलाइन सेवा विस्तार गरेको छ। उक्त मन्त्रालयले सर्वसाधारणको जग्गाको कारोवारलाई व्यवस्थित बनाउन चार महिना अघि ३७ कार्यालयमा अनलाइन सेवा उपलब्ध गराएकामा अहिले थप १० कार्यालयमा सो सेवा उपलब्ध गराएको हो। मन्त्री पद्मा अर्यालले सेवाग्राहीलाई छिटो, छरितो र गुणस्तरीय सेवा प्रदान गर्नका लागि प्रयोगमा ल्याइएको अनलाइन सेवाले देशभरको जग्गाजमीनका करिब ७५ प्रतिशत कारोवार समेट्ने बताइन्। अनलाइनमा व्यवस्थित गरिएका …
पुरा पढ्नुहॊस »कता हरायो सुन तस्करी प्रतिवेदन? सरकार भन्छ- खाेइ!
काठमाडाैँ । प्रधानमन्त्री केपी ओलीले प्रतिवेदन बुझेपछि भनेका थिए, ‘यसबारे थप अनुसन्धान बढाइनेछ।’ पाँच महिना भयो, कुनै अनुसन्धान बढाइएन। उल्टै छानबिनका क्रममा पक्राउ परेकाहरू छुट्दै गए। अब त प्रतिवेदनकै बारेमा सरकारी निकाय एकअर्कालाई औंला तेस्र्याउन थालेका छन्। संगठित सुन तस्करी अनुसन्धान गर्न गठित उच्चस्तरीय समितिको प्रतिवेदन कहाँ छ? त्यसमा के भइरहेको छ? गृह मन्त्रालयमा बुझ्दा प्रवक्ता रामकृष्ण सुवेदीले भने, ‘यसबारे प्रधानमन्त्री कार्यालयमा बुझ्नुहोला। प्रतिवेदन प्रधानमन्त्रीज्यूलाई बुझाइएको हो।’ प्रधानमन्त्री कार्यालयमा सम्पर्क …
पुरा पढ्नुहॊस »