डेढ वर्षीय छोरा झुुण्डिएको र आमा भुइँमा लडेको अवस्थामा मृत फेला

रुकुम । सिस्ने गाउँपालिका–६ की ३० वर्षीया रेनुका केसी शाह र उहाँका २० महीनाका नाबालक छोरा एटियम शनिबार जङ्गलमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व) ले जनाएको छ ।

उनी पुस २६ गते औषधि गर्न नेपालगञ्ज जाने भन्दै घरबाट निस्केकी थिइन् । घरदेखि तीन किलोमिटर टाढाको उदीनढुङ्गा भन्ने जङ्गलमा छोरा झुन्डिएको र आमा भुइँमा लडेको अवस्थामा फेला परेको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक लोकनाथ तिम्सिनाले बताए ।

दाउरा काट्न जङ्गल गएका स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । आमाको पनि घाँटीमा डोरीको दाग रहेकोले डोरी चुँडिएको हुनसक्ने उनले बताए ।

प्रारम्भिक अनुसन्धानबाट छोराको हत्यापछि आमाले पनि आत्महत्या गरेकोजस्तो देखिएको र बाँकी कुरा भने शव परीक्षण र थप अनुसन्धानपछि मात्रै खुल्ने प्रहरी नायब उपरीक्षक तिम्सिनाले बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

हिरासत छल्ने प्रवृत्ति रोक्न गृह मन्त्रालयको तीन बुँदे निर्देशन

काठमाडौं । हिरासत छल्ने प्रवृत्ति रोक्न गृह मन्त्रालयले तीन बुँदे निर्देशन दिएको छ । अनुसन्धान …

प्रतिकृया दिनुहॊस