किया स्पोर्टेजको चौंथो संस्करणको कार सार्वजनिक

काठमाडौं । किया स्पोर्टेजको चौंथो संस्करणको कार सार्वजनिक भएको छ । नेपालका लागि किया मोटर्सको आधिकारिक विक्रेता कन्टिनेन्टल ट्रेडिङ प्रालिले उक्त कार नेपालमा ल्याएको हो । कम्पनीले आफ्नो स्थापनाको २५औं वर्षको अवसरमा शुक्रवार उक्त कार सार्वजनिक गरेको हो । कियाका उत्पादनमध्ये स्पोर्टेज लामो समयदेखि ग्राहकमाझ लोकप्रिय छ ।

कम्पनीले यो कारको इन्टेरियर (भित्री भाग) र एक्स्टेरियर (बाहिरी भाग) मा आकर्षक विशेषता थपिएको बताएको छ । पहिलेको तुलनामा थप आकर्षक, सुरक्षित र आरामदायी भएको कम्पनीको दाबी छ । यसमा नयाँ ड्राइभिङ प्रविधि र अत्याधुनिक इन्फोटेनमेन्ट सिस्टम जडान गरिएको छ, जसले यात्रा अवधिमा सहजता र मनोरञ्जन प्रदान गर्दछ । पेट्रोल र डिजेल दुवै विकल्पमा उपलब्ध यो कार भिन्न ६ कलरमा उपलब्ध छ । यसको अगाडिपट्टि एलईडी हेडल्याम्प र एलइडी डे टाइम रनिङ लाइट जडान गरिएको छ ।

कारमा ८ स्पीड अटोमेटिक ट्रान्समिशन, प्याडल सिफ्ट र तीन ड्राइभ मोड (नर्मल, इको र स्पोर्ट), फराकिलो सनरुफ, उच्च कार्यक्षमता प्रदान गर्ने सस्पेन्शन, सात इन्चको टचस्क्रीन, ८ स्पीकर, एप्पल कार प्ले र एन्ड्रोइड अटो सपोर्ट गर्ने म्युजिक सिस्टम उपलब्ध छ । त्यस्तै यो कारमा एन्टिलक ब्रेकिङ सिस्टम, इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल, भेइकल स्ट्याबिलिटी कन्ट्रोल, डाउनहिल एसिस्ट विशेषता छन् । नेपाली बजारमा नयाँ स्पोर्टेजको न्यूनतम मूल्य ६९ लाख ९० हजार रुपैयाँ रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सदस्यता विवाद नसुल्झिदाँसम्म निर्वाचन प्रक्रिया अघि नबढाउन प्रेस युनियनको चेतावनी

काठमाडौँ । नेपाल प्रेस युनियनले विधि बमोजिम सदस्यता विवाद नटुङ्ग्याई निर्वाचनमा गए नेपाल पत्रकार महासङ्घको …

प्रतिकृया दिनुहॊस