काठमाडौँ । केही दिनदेखि लगातार वर्षा र हिमपात भइरहे पनि सोमबारको मौसममा भने सामान्य सुधार देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसमविद सुवास रिमालले देशका पहाडी भेगमा आशिंक बदली भएपनि अन्य क्षेत्रमा भने आजको मौसम सामान्यतया सफा रहने जानकारी दिए । ‘पहाडी क्षेत्रका केही स्थानमा क्षणिक वर्षाको सम्भावना देखिएको छ अरु ठाउँमा भने मौसम सामान्य तया सफा नै रहने अनुमान छ, सुधारको संकेत देखिएको छ,’ रिमालले भने ।
उनका अनुसार देशका पहाडी भेगका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना र उच्च पहाडी क्षेत्रका केही स्थानमा सामान्य हिमपातको सम्भावना रहेको छ । काठमाडौँ उपत्यकामा अहिले बिहान ६ बजेको न्यूनतम तापक्रम ४.१ डिग्री सेल्सियस रहेको छ भने दिउँसोको अधिकतम तापक्रम १८ देखि २० को बीचमा रहने अनुमान गरिएको छ ।
प्रतिकृया दिनुहॊस