उखु बोकेको ट्याक्टरसँग ठोक्कियो जिप, नापी प्रमुखसहित १० जना घाइते

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

काठमाडाैं । सर्लाहीमा भारतीय नम्बर प्लेटको जिप दुर्घटना हुँदा नापी कार्यालय सर्लाहीका प्रमुखसहित १० जना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । बीआर ०६ पिडी ९६४८ नम्बरको जिप दुर्घटना हुँदा १० जना घाइते भएका हुन् ।

मलङ्गवा नवलपुर सडकखण्डअन्तर्गत मलङ्गवा नगरपालिका-१० गम्हरियामा सोमबार साँझ जिप दुर्घटनामा परेको हो । मलङ्गवाबाट नवलपुरतर्फ आउँदै गरेको जिप गम्हरियामा उखु बोकेको ट्याक्टरसँंग ठोक्किएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक दिपेन्द्र पञ्जियार थारुले जानकारी दिए ।

दुर्घटनामा नापी कार्यालय मलङ्गवाका प्रमुख सञ्जय मानन्धर, वैधनाथ राउत, अजयकुमार यादव, बैजु यादव, रामलाल साह, सञ्जिवकुमार मण्डल, दिपेन्द्र यादव, विनोद घिमिरे, शाहिद अनवर र रामबाबु राय घाइते भएका छन् । घाइतेलाई स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि थप उपचारका लागि वीरगन्ज पठाएको प्रहरीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सामसङ ग्यालेक्सी ए१६ ५जी सार्वजनिक, मूल्य कति ?

काठमाडौं । सामसङले ल्याएको छ, ग्यालेक्सी ए१६ ५जी। नयाँ किफायती मिडरेन्ज स्मार्टफोन, ६ वर्षको सफ्टवेयर …

प्रतिकृया दिनुहॊस