क्यान्सर पीडित कांग्रेस नेता बुढाथोकीको निधन

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री केशवकुमार बुढाथोकीको निधन भएको छ । नेता बुढाथोकीको विराटनगरमा उपचारकै क्रममा ८० वर्षको उमेरमा सोमबार राति निधन भएको हो ।

लामो समयदेखि प्रोस्टेट क्यान्सरबाट पीडित नेता बुढाथोकीको पछिल्लो समय मिर्गौलामा समस्या आएका कारण उपचार गराइरहेका थिए । ‘सेतो बाघ’ उपनामले चर्चित झापा अर्जुनधारा नगरपालिका निवासी नेता बुढाथोकी पञ्चायतकाल र गणतन्त्र दुवै शासन व्यवस्थामा मन्त्री भएका थिए ।

सामान्य प्रशासन मन्त्री, जलस्रोत सहायक मन्त्री, राष्ट्रिय पञ्चायत सदस्य, प्रधानपञ्च, जिल्ला पञ्चायत सभापति भई सकेका नेता बुढाथोकी जनतामाझ लोकप्रिय नेता थिए । दुई छोरा, एक छोरी रहेका बुढाथोकीको पार्थिक शरीर आज जिल्ला पार्टी कार्यालय झापामा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने नेपाली काँग्रेस झापाका सचिव कृष्ण हुमागाईँले जानकारी दिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस