समाचार

पिकअप भ्यानको ठक्करबाट एकजनाको मृत्यु

दाङ । दाङमा पिकअप भ्यानको ठक्करबाट एक जनाको मृत्यु भएको छ । पिकअप भ्यानले मोटर साइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । तुलसीपुरबाट पश्चिम तर्फ जाँदै गरेको रा १ च ३४६ नम्वरको पिकअपले विपरीत दिशावाट आउँदै गरेको बा ९७ प ८५६२ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा दंगिशरण गाउँपालिका वडा नंम्बर ६ थापगाउँका १८ वर्षीय गोरख चौधरीको मृत्यु भएको हो । चौधरीलाई राप्ती प्रादेशिक अस्पतालमा …

पुरा पढ्नुहॊस »

एक थान कटुवा पेस्तोलसहित कपिलवस्तुमा एक जना पक्राउ

कपिलवस्तु । शिवराज नगरपालिका वडा नं. ४ चनईमा शनिबार बिहान एक थान कटुवा पेस्तोल र एक थान म्यागजिनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय २४ वर्षीय रिजवान मुसलमान रहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक महेश्वर उपाध्यायले बताए । विशेष सुराकीका आधारमा रिजवानको घरबाट हतियार बरामद गरिएको प्रहरी निरीक्षक उपाध्यायले बताए। पक्राउ परेका रिजुवानको घरमा खानतलासी गर्दा उनी सुत्ने कोठाको ओछ्यानको तल एक थान म्यागजिन र …

पुरा पढ्नुहॊस »

विप्लव समूहका स्थायी कमिटी सदस्य ओलीसहित आठजना पक्राउ

काठमाडौं । नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य हेमन्तप्रकाश ओली पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखा, विशेष ब्यूरो र काभ्रे प्रहरीको संयुक्त टोलीले गएराति काभ्रेको काफलडाँडाबाट ओलीसहित आठ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ओलीसहित धर्मराज राजबाहक, रामकृष्ण खतिवडा, शंकर अधिकारी,  विजय श्रेष्ठ, ललित तामाङ, सञ्जीव कार्की, देव घिमिरे र लोकेन्द्र खड्का रहेका छन् । ओली चन्दपछिको तेस्रो वरियताका नेता हुन् । केही दिनअघि …

पुरा पढ्नुहॊस »

टोगोसँग नेपालको कुटनीतिक सम्बन्ध स्थापना

काठमाण्डौ । अफ्रिकी देश टोगोसँग नेपालको कुटनीतिक सम्बन्ध स्थापना भएको छ । योसँगै विश्वका विभिन्न १६४ देशसँग नेपालको कुटनीतिक सम्बन्ध कायम भएको छ । अमेरिकाको न्यूयोर्कमा रहेको राष्ट्र संघीय नियोगका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई र राष्ट्र संघीय नियोगका लागि टोगोका स्थायी प्रतिनिधि कोकोउ क्पाएदोले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै दुई देशबीच दौत्य सम्बन्ध स्थापना भएको जनाएका हुन् न्यूयोर्कस्थित राष्ट्र संघका लागि नेपाली नियोगमा भएको कार्यक्रममा दुवै देशका स्थायी …

पुरा पढ्नुहॊस »

टिपर चालकको हर्कतः किशोरीमाथि सामूहिक बलात्कार

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिका–७ मा एक किशोरीको सामूहिक बलात्कार भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । यही चैत ३ गते साँझ मण्डनदेउपुर नपा–६ स्थित इन्द्रावती नदी किनारमा १४ वर्षीय एक किशोरीलाई सामूहिक बलात्कार गर्ने चारमध्ये तीनलाई प्रहरीले पक्राउ गरेको हो । बलात्कार आरोपित मण्डन देउपुर नपा–६ देउपुरका २४ वर्षीय पुष्कर राई र २१ वर्षीय प्रकाश दनुवार तथा सोही नपा–७ का २१ वर्षीय रामकुमार राईलाई पक्राउ गरिएको …

पुरा पढ्नुहॊस »

तनहुँमा बस दुर्घटना : एकको मृत्यु

तनहुँ।  तनहुँमा बस दुर्घटना भएको छ । तनहुँको भिमादबाट पुरानो रिसिङ जाँदै गरेको ग १ ख ७५३४ नं को बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा स्थानीय बस्ने ५३ वर्षीय नेत्रबहादुर मसराङ्ग मगर छन् । घाइते हुनेमा स्थानीय ५५ वर्षीय पदमबहादुर आले, ४५ वर्षीय होमबहादुर राना र १५ वर्षीया लिला थापा  छन्। उनीहरूकाे पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले …

पुरा पढ्नुहॊस »

देशैभर बर्डफ्लू देखिएपछि कुखुरा आयातमा रोक

पर्वत । कास्कीलगायतका छिमेकी जिल्लामा बर्डफ्लू देखिएपछि धवलागिरिमा कुखुरा आयातमा रोक लगाइएको छ । केही दिनयता देशैभर कुखुरामा बर्डफ्लू देखिएपछि पर्वतसहित साविक धवलागिरिका बागलुङ, म्याग्दी र मुस्ताङमा समेत कुखुरा आयतमा रोक लगाइएको हो । पोखरा–बागलुङ सडकको धवलागिरि प्रवेश गर्ने नाका डिमुवाबजारबाट कुखुरा र पक्षीजन्य वस्तु आयातमा रोक लगाइएको कुश्मा नगरपालिकाका पशु चिकित्सक राम्जीप्रसाद पौडेलले जानकारी दिए । कास्की, चितवन, मकवानपुरलगायतका जिल्लामा कुखुरामा बर्डफ्लू भेटिएपछि यस क्षेत्रमा रोग फैलन नदिन आयातमा …

पुरा पढ्नुहॊस »

भक्तपुरबाट ललितपुरतिर जाँदै हुनुहुन्छ ? अब कोटेश्वरको जाममा बस्नु पर्दैन

काठमाडौं । सडक विमागले कोटेश्वर चोकमा हुने सवारी जाम कम गर्न मनोहरा करिडोरको डाइभर्सन सञ्चालनमा ल्याएको छ। कोटेश्वर र जडिबुटी चोक तथा त्यस क्षेत्रमा हुने ट्राफिक जाम नियन्त्रण गर्न सडक विभागले गत सोमबारदेखि उक्त डाइभर्सन सञ्चालनमा ल्याएको हो। डाइभर्सन सञ्चालनमा आएसँगै भक्तपुरबाट ललितपुरतर्फ आउने साना सवारीसाधनहरू मनोहरा करिडोर हुँदै सिधै बालुकमारी निस्कन पाउनेछन्। साना सवारीसाधन उक्त करिडोरमार्फत बालकुमारी निस्किए कोटेश्वर चोकमा केही राहत हुने सडक विभागको अनुमान छ। विभागले कोटेश्वर …

पुरा पढ्नुहॊस »

खुुकुरी प्रहार गरी श्रीमतीको हत्या

hatya/इन्द्रजात्रा हेर्न गएका ओखलढुङ्गाका किशोरको न्युरोडमा हत्या

सर्लाही ।  सर्लाहीको बरहथवा – ५  मा श्रीमानले धारिलो खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । स्थानीय रामेश्वर सिग्देलको घरमा कोठा भाडामा लिएर बसेका उदयपुर सुरुङगाका ३० वर्षीय रामजी विश्वकर्माले ३३ वर्षकी श्रीमती सुनिता विश्वकर्मालाई बिहीबार राति धारिलो खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । विश्वकर्मा बरहथवा बजारमा रहेको एक सुन पसलमा कालिगडको काम गर्दै आइरहेका थिए । हत्या गरेर भाग्दै गरेका उनलाई प्रहरीले राति नै पक्राउ …

पुरा पढ्नुहॊस »

काठमाडौं उपत्यकामा सवारी दुर्घटनाबाट हरेक महिना जान्छ २१ जनाकाे ज्यान

काठमाडाैँ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा एकै दिन गत बुधबार २४ वटा सवारी दुर्घटना भए, जसमा तीन जनाले ज्यान गुमाए भने पाँच गम्भीर तथा १६ सामान्य घाइते भए। यो प्रतिनिधि उदाहरण मात्र हो, उपत्यकामा दिनहुँजसो सवारी दुर्घटना हुने गरेका छन्। चालकको लापरबाही, यात्रुको गल्ती, ओभरटेक, तीव्र गति, मापसे, यान्त्रिक गडबडी, ओभरलोड, छाडा चौपाया, जीर्ण सडकलगायतका कारणले उपत्यकामा दैनिक दुई दर्जनभन्दा बढी सवारी दुर्घटना हुने गरेका छन्। महानगरीय ट्राफिक प्रहरी महाशाखाको …

पुरा पढ्नुहॊस »