समाचार

हुम्लामा हिमपात, एसइईका परीक्षार्थीलाई समस्या

हुम्ला । हुम्लामा चैतको दोस्रो साता पुनः हिमपात भएको छ। हिमपात हुँदा एसइईका परीक्षार्थीलाई समस्या भएको छ।  हिमपातले सदरमुकाममा रहेका दुई परीक्षा केन्द्रका परीक्षार्थीलाई बढी समस्या बनाउने भएको मानसरोवर मावि परीक्षा केन्द्रका केन्द्रध्यक्ष अमरबहादुर शाहीले बताए। सोमबार दिनभरि पानी परेको थियो भने मंगलबार बिहानदेखि हिमपात सुरु भएको छ।  एसइई परीक्षा चैत १० देखि सुरु भएको हो। हिमपातसँगै चिसो बढेकले परीक्षार्थीलाई लेख्न समस्या भएको छ। जिल्लाको बेँसीतिर पानी परिरहेको छ। उत्तरी …

पुरा पढ्नुहॊस »

श्रीमतीकाे इच्छा विपरित करणी गर्ने श्रीमानलाई ३ वर्ष कैद फैसला

उदयपुर । श्रीमतीकाे इच्छा विपरित पटक–पटक करणी गरेको कसुर ठहर गर्दै जिल्ला अदालत उदयपुरले ४५ वर्षीय एक पुरुषलाई ३ वर्ष कैद सजायको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश तेजेन्द्रप्रसाद शर्मा सापकोटाको एकल इजलासले आइतबार यो फैसला गरेको हो । अदालतले अभियुक्तलाई ७ वर्षीया छोरीलाई यौन दुव्र्यवहार गरेको कसुरमा भने सफाइ दिएको छ । मुलुकी ऐन जबरजस्ती करणीको महल ३ (६), मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा २१९ को उपदफा …

पुरा पढ्नुहॊस »

त्रिशूली नदीमा बस खस्दा तीनजना घाइते

चितवन । मिनीबस त्रिशूली नदीमा खस्दा तीनजना घाइते भएका छन् । पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका ४ घोप्टेभीर भन्ने ठाउँबाट राति १० बजेतिर ना ५ ख ३६८२ नम्बरको बस त्रिशूली नदीमा खस्दा उनीहरु घाइते भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये दुईजना उपचारपछि घर फर्किसकेका छन् भने तनहुँको दमौलीका निशान सुनारको चितवनमा उपचार भइरहेको छ । बसमा तीनजना मात्रै रहेको प्रहरीले जनाएको छ ।

पुरा पढ्नुहॊस »

एसईई प्रश्नपत्रमा त्रुटि नै त्रुटि, अंग्रेजी र नेपाली विषयको प्रश्नपत्रमा भेटियो गल्ती र अस्पष्टता

काठमाडौं ।माध्यामिक शिक्षा परीक्षा (एसईई) को प्रश्नपत्रमा त्रुटि नै त्रुटि भेटिएका छन् । थुप्रै प्रश्न अस्पष्ट रहेको विद्यार्थीको गुनासो छ । ७ वटै प्रदेशका अंग्रेजी र नेपाली विषयका प्रश्नपत्रमा गल्ती र अस्पष्टता भेटिएको हो । एसईईअन्तर्गत आइतबार अंग्रेजी र सोमबार नेपाली विषयको परीक्षा भएको थियो । बोर्डले ७ वटै प्रदेशका लागि अनिवार्य विषयका छुट्टाछुट्टै प्रश्नपत्रबाट परीक्षा लिएको छ । प्रदेश ३ कोे नेपालीको प्रश्नपत्रमा विद्यार्थीले उत्तर लेख्नुपर्नेभन्दा बढी प्रश्न सोधिएको …

पुरा पढ्नुहॊस »

सिन्धुपाल्चोकमा सिलिन्डर पड्किँदा चार जनाको मृत्यु

काठमाडाैँ । सिन्धुपाल्चोकमा ग्यास सिलिन्डर पड्किँदा चार जनाकाे मृत्यु भएको छ। भोटेकोसी गाउँपालिका वडा नम्बर ४ स्थित निर्माणाधीन शिवश्री हाइड्रोपावरको कामदार बस्ने कोठामा सिलिन्डर विस्फोट हुँदा चार जनाकाे मृत्यु भएको हो। सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) माधवप्रसाद काफ्लेले मंगलबार बिहान दिएको जानकारीअनुसार मृतकमध्ये दुई जनाको सनाखत भएको छ। मृतकमध्ये दोलखा सिपाश्वरका २३ वर्षीय भाइकाजी शेर्पा र हुम्लाका २४ वर्षीय सञ्जुक लामाको सनाखत भएको उनले बताए। मृतकका ठेगाना पूरै …

पुरा पढ्नुहॊस »

नेपाल र जापानबीच श्रम समझदारी पत्रमा हस्ताक्षर

काठमाडाैँ ।  नेपाल र जापानबीच नेपाली कामदार जापान लैजाने विषयमा सम्झौता भएको छ । सम्झौताअनुसार आगामी अप्रिल १ देखि नेपाली कामदारलाई जापान पठाउने प्रक्रिया शुरु हुनेछ । जापानी कानुन बमोजिम नेपाली श्रमिकहरुको रोजगारीका सेवा, सुविधा जापानी नागरिक सरह पाउने व्यवस्था गरेको छ । जापानले  कृषि, नर्सिङ केयर, सवारी साधान मर्मत सम्भार, खाद्य सेवा उद्योग, निर्माण उद्योग, खाद्य पदार्थ र पेय पदार्थ उत्पादन, आवास उद्योग, मेसिनरी पार्ट उद्योग, माछा मार्ने र …

पुरा पढ्नुहॊस »

डेनियल डि श्रेष्ठ कोजेन्ट हेल्थ प्रालिका प्रबन्ध निर्देशकमा नियुक्त

काठमाडौं। डेनियल डि श्रेष्ठ भएका छन्। कोजेन्ट स्वास्थ्यसँग सम्बन्धि सुचना प्रविधि कम्पनी हो। श्रेष्ठ यसअघि आइएमइ पेका प्रमुख सञ्चालन अधिकृत थिए। आइएमइ पे अघि श्रेष्ठ आइएमइ समूहमा आबद्ध थिए। श्रेष्ठले मार्केटिङमा एमबिए गरेका छन्।

पुरा पढ्नुहॊस »

आगोमा जलेर शिशुको मृत्यु

दाङ । दाङमा आगलागीबाट एक जना शिशुको जलेर मृत्यु भएको छ। जिल्लाको राप्ती गाउँपालिका वडा नं. १ बगाहसोती निवासी हिमाल रानाको १ महिनाकी छोरी संगिता रानाको जलेर मृत्यु भएको हो। जिल्ला प्रहरी प्रवक्ता तथा सूचना अधिकारी विनोद विक्रम शाहले आइतबार बेलुका सात बजेतिर हिमालका ४ वर्षीय अमित रानाले सलाइ कोरी खेल्ने क्रममा कपडा बाट बहिनी संगितालाई आगो लाग्न पुगेको बताए। आगोले पोलिएर गम्भीर अवस्थाकी शिशुको रुपन्देहीस्थित लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा …

पुरा पढ्नुहॊस »

नयाँ पुस्ताका आलुको बीउ उत्पादन

काभ्रेपलाञ्चोक । पाँचखालस्थित मसला बाली विकास केन्द्रले विभिन्न जातका आलुको बीउ उत्पादन गरिरहेको छ । वर्षौंदेखि एउटै जात पुस्तान्तरण गरी आलुखेती गर्दा कम उत्पादन हुने भएपछि नयाँ पुस्ताका बीउ उत्पादन गरिएको केन्द्रप्रमुख युवराज पाण्डेले बताए । उनले केन्द्रमा आलुको पूर्व मूलबीउ र मूल बीउ उत्पादन गरिरहेको जानकारी दिए । आलुको बीउ उत्पादनका लागि कुनै प्रकारका किरा छिर्न नसक्ने दुईवटा ‘स्क्रिन हाउस’भित्र ल्याबमा टिस्यु कल्चर गरिएका बिरुवा रोपिएको छ । पाण्डेले भने, …

पुरा पढ्नुहॊस »

छुरा प्रहार गरी हत्या गर्ने पक्राउ

नरुवा । होली पर्वका दिन सुनसरीको धरान उपमहानरपालिका–९ बगैँचा लाइनमा निमास तामाङको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले तामाङको छुरा प्रहार गरेर हत्या गर्ने चारलाई पक्राउ गरेर सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा धरान–९ का १८ वर्षीय सुशान्त लिम्बू, धरान ७ पानमाराका १८ वर्षीय मनिष लावती लिम्बू, १७ वर्षीय निश्चल विक र १८ वर्षीय शरण राई रहेको सुनसरीका प्रहरी …

पुरा पढ्नुहॊस »