टोगोसँग नेपालको कुटनीतिक सम्बन्ध स्थापना

काठमाण्डौ । अफ्रिकी देश टोगोसँग नेपालको कुटनीतिक सम्बन्ध स्थापना भएको छ । योसँगै विश्वका विभिन्न १६४ देशसँग नेपालको कुटनीतिक सम्बन्ध कायम भएको छ ।

अमेरिकाको न्यूयोर्कमा रहेको राष्ट्र संघीय नियोगका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई र राष्ट्र संघीय नियोगका लागि टोगोका स्थायी प्रतिनिधि कोकोउ क्पाएदोले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै दुई देशबीच दौत्य सम्बन्ध स्थापना भएको जनाएका हुन्

न्यूयोर्कस्थित राष्ट्र संघका लागि नेपाली नियोगमा भएको कार्यक्रममा दुवै देशका स्थायी प्रतिनिधिले दुई देशबीच सहकार्य गरेर अगाडि बढ्ने सहमति भएको जनाएका छन् ।

शुक्रबार नै संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरसलाई दुई देशबीच कुटनीतिक सम्बन्ध स्थापना भएको जानकारी गराइएको छ ।

टोगोकाे राजधानी लाेमटोगोकाे राजधानी लाेम 

पश्चिम अफ्रिकी देश टोगोको राजधानी लोम हो । टोगोको पश्चिममा घाना, पूर्वमा बेनिन र उत्तरमा बुर्किना फासो पर्दछ । सन् १९६० मा फ्रान्सको उपनिवेशबाट स्वतन्त्र भएपछि टोगो संयुक्त राष्ट्र संघको सदस्य बनेको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री