काठमाडौं उपत्यकामा सवारी दुर्घटनाबाट हरेक महिना जान्छ २१ जनाकाे ज्यान

काठमाडाैँ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा एकै दिन गत बुधबार २४ वटा सवारी दुर्घटना भए, जसमा तीन जनाले ज्यान गुमाए भने पाँच गम्भीर तथा १६ सामान्य घाइते भए। यो प्रतिनिधि उदाहरण मात्र हो, उपत्यकामा दिनहुँजसो सवारी दुर्घटना हुने गरेका छन्।

चालकको लापरबाही, यात्रुको गल्ती, ओभरटेक, तीव्र गति, मापसे, यान्त्रिक गडबडी, ओभरलोड, छाडा चौपाया, जीर्ण सडकलगायतका कारणले उपत्यकामा दैनिक दुई दर्जनभन्दा बढी सवारी दुर्घटना हुने गरेका छन्।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्यांकअनुसार उपत्यकामा सवारी दुर्घटनामा परेर मासिक सरदर २१ जनाको ज्यान जाने गरेको छ। यो खबर आजको नागरिकको काष्ठमण्डपमा हिमाल लम्सालले लेखेका छन्।

चालु आर्थिक वर्षको साउनदेखि माघसम्म सात महिनामा काठमाडौं उपत्यकाका तीन जिल्लामा ४ हजार ८ सय १ सवारी दुर्घटना भएका थिए। जसमा परेर १ सय ५२ जनाले ज्यान गुमाए।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कवाडी व्यवसायको दर्ता र नवीकरण गर्न महानगरको आग्रह

काठमाडौँ । काठमाडौँ महानगरपालिले महानगर भित्र सञ्चालनमा रहेका कवाडी व्यवसायहरूको दर्ता वा नवीकरण गर्न आग्रह …

प्रतिकृया दिनुहॊस