भक्तपुरबाट ललितपुरतिर जाँदै हुनुहुन्छ ? अब कोटेश्वरको जाममा बस्नु पर्दैन

काठमाडौं । सडक विमागले कोटेश्वर चोकमा हुने सवारी जाम कम गर्न मनोहरा करिडोरको डाइभर्सन सञ्चालनमा ल्याएको छ। कोटेश्वर र जडिबुटी चोक तथा त्यस क्षेत्रमा हुने ट्राफिक जाम नियन्त्रण गर्न सडक विभागले गत सोमबारदेखि उक्त डाइभर्सन सञ्चालनमा ल्याएको हो। डाइभर्सन सञ्चालनमा आएसँगै भक्तपुरबाट ललितपुरतर्फ आउने साना सवारीसाधनहरू मनोहरा करिडोर हुँदै सिधै बालुकमारी निस्कन पाउनेछन्।

साना सवारीसाधन उक्त करिडोरमार्फत बालकुमारी निस्किए कोटेश्वर चोकमा केही राहत हुने सडक विभागको अनुमान छ। विभागले कोटेश्वर क्षेत्रको जामको समस्या न्यूनीकरण गर्न सुरुङमार्गसहित अन्य विकल्पका निमित्त अध्ययन सुरु गरेकाे छ। विभागको पहलमा जापानी नियोग जाइकाको अनुदान सहयोगमा अध्ययन भइरहेको छ।

कोटेश्वर खण्डको सडक जति नै चौडा भए पनि जाम भने घटेको छैन। विभागले भक्तपुरबाट कोटेश्वरको बाटो हुँदै ललितपुर जाने साना सवारीसाधनलाई मनोहरा करिडोर डाइभर्सन प्रयोग गर्न आग्रह गरेको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कति छ प्रधानमन्त्री प्रचण्डको सम्पत्ति ?

काठमाडौं । सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । …

प्रतिकृया दिनुहॊस