माटोको ढिस्को खस्दा युवतीको मृत्यु

डडेल्धुरा । माटो खन्ने क्रममा माटोको ढिस्को खस्दा पुरिएर डडेल्धुरामा एक युवतीको मृत्यु भएको छ।  गन्यापधुरा गाउँपालिका–२ कुजाकोटका २० वर्षीया कृष्णा देउवाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय डडेल्धुराले जनाएको छ।

बिहीबार घर लिपपोत गर्ने रातोमाटो खन्ने क्रममा ढिस्को खसेर कृष्णा पुरिएकी थिइन्। उपचारको लागि डडेल्धुरा अस्पताल ल्याउने क्रममा बाटोमै उनको मृत्यु भएको हो।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

राष्ट्रिय विपद् कार्यकारी समितिको निर्णय- खोज तथा उद्धारमा तीव्रता, राहत वितरण प्रभावकारी बनाइने

काठमाडौं । नेपालमा मनसुनजन्य विपद्का कारण प्रभावित क्षेत्रहरूमा खोज तथा उद्धार अभियानलाई तिव्रता दिने निर्णय गरिएको छ । गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा सिंहदरबारमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण कार्यकारी समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

प्रतिकृया दिनुहॊस