एसईई : प्रश्नपत्र बाहिरिएपछि प्रदेश २ मा सामाजिक विषयको परीक्षा स्थगन

जनकपुरधाम । प्रदेश २ मा माध्यमिक शिक्षा परीक्षा बोर्ड (एसईई) अन्तर्गत शुक्रबार हुने अनिवार्य सामाजिक अध्ययन विषयको प्रश्नपत्र बाहिरिएपछि परीक्षा स्थगन भएको छ।

सामाजिक सञ्जालमार्फत बिहीबार बेलुकी जनकपुरधामबाटै सामाजिक विषयको प्रश्नपत्र बाहिरिएपछि परीक्षा  स्थगन गरेको प्रदेश २ का शिक्षा निर्देशनालयका निर्देशक रमाकान्त शर्माले जानकारी दिए ।

सामाजिक विषयको समूह ‘ए’ पश्नपत्र भेटिएपछि रद्द गरिए पनि  सोही विषयको एक्जाम्टेडतर्फको समाजिक, प्राविधिक विषय, र ग्रेड वृद्धिको विषयको परीक्षा यथावत् रहने निर्देशक शर्मा जानकारी दिए । उनले हाल प्रश्नपत्र बाहिरिएको सन्दर्भमा शिक्षा समन्वयन समितिको बैठक बसेर थप निर्णय लिन लागिएको जानकारी दिए।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

आफन्तकोमा हिंडेका बालक पानीमा डुबेको अवस्थामा मृत्त भेटिए

काठमाडौं । सर्लाहीको बलरा नगरपालिकास्थित लक्ष्मीपुरमा पानीमा डुबेको अवस्थामा एक बालकको शव फेला परेका छ …

प्रतिकृया दिनुहॊस