कपिलवस्तु । शिवराज नगरपालिका–३ खरेन्द्रपुरमा एक महिलाको शव फेला परेको छ। स्थानीय ४० वर्षीया शुभावती लोनियाको शव शनिबार बिहान छालाफ्याक्ट्री नजिकै गहुँबारीमा फेला परेको हो।
बिहीबार बिहान निस्केकी शुभावती अबेरसम्म घर नफर्कीएपछि खोजी भैरहेको थियो। उनको मानसिक अवस्था केही दिनदेखि ठीक नभएको मृतकका परिवारले बताएका छन्।
शव नजिकै सेल्फास नामक बिषादी भेटिएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख महेश्वर उपाध्यायले जानकारी दिए। घटनाबारे अनुसन्धान भैरहेको उनको भनाइ छ।
तपाईंको प्रतिकृया




