अवैध विदेशी मुद्रासहित विमानस्थलबाट एकै परिवारका ५ सदस्य पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध विदेशी मुद्रासहित एकै परिवारका ५ सदस्य पक्राउ परेका छन्। थाइ एयरको फ्लाइटमार्फत काठमाडौंबाट एकै परिवारका ५ जना बैंकक जान लागेको अवस्थामा प्रहरीले अवैध डलरसहित उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा व्यवसायी सुवास श्रेष्ठसहित उनकी पत्नी उमादेवी, २ छोरी र एक छोरा छन्। प्रहरीले उनीहरूको साथबाट थाइ भाट २२ हजार १ सय ५०, युरो १ हजार ३ सय ८०, अमेरिकन डलर १० हजार चाइनिज युयान ८० हजार बरामद गरेको छ।

उनीहरुलाई कारबाहीका लागि राजश्व अनुसन्धान विभाग पठाइने प्रहरीले जनाएको छ। पक्राउ पर्ने परिवारका सदस्य विमानस्थलभित्र कान्तिपूर क्याफे लगायत विभिन्न व्यवसायहरूमा संलग्न छन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री