हेल्लो किड्स तेस्रो बर्षमा प्रवेश

काठमाडौं । राजधानीको जोरपाटिमा अवस्थित हेल्लो किड्सले स्थापनाको दोश्रो वर्ष पारगरेको खुसीयालीमा बिद्यालयको आफ्नै भवनमा वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ ।

अरुणीमा शैक्षिक प्रतिष्ठानकै सेवा बिस्तार स्वरुप स्थिापित सो शैक्षिक प्रतिष्ठानले बालबालिकाको शिकाईलाई उच्च प्राथामीकताका राख्दै बालबालिकालाई सबे क्षेत्रबाट एक सवल र सक्षम नागरीक बनाउन सक्दो कोशिस गरेको आयोजक बिद्यलयले जनाएको छ ।

कार्यक्र्रमको सुभारम्भ अरुनीमा एजुकेशन नेर्टोकको अध्यक्ष गोपाल बरालले गमलामा पानी हालेर गर्नुभएको थियो । कार्यक्र्रममा आफ्नो मन्तव्य राख्दै हेल्लो किड्सका अध्यक्ष केशव प्रसाद जोशीले सम्पूर्ण अभिभावकको साथ सहयोग र हौशलाले बिद्यालय यस स्थानमा आईपुगेको बताए ।

कार्यक्र्रममा साना बालबालिकाको संगीतीक प्रस्तुतिहरुले थप रोमाञ्चकता प्रदान गरेको थियो । दिनभर जसो सञ्चालन गरीएको सो कार्यक्र्रममा स्थानीय वासी ,बुद्धिजीबि ,बिभिन्न क्षेत्रका प्रतिष्ठत व्यक्ति,अभिभावक लगायतकाको उपस्थिती रहेको थियो ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत पाएका छन् । उनले पक्षमा २८ …

प्रतिकृया दिनुहॊस

This will auto close after