प्रधानमन्त्री ओलीद्धारा देशवासीका नाममा सम्बोधन (सम्बोधनको पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७६ को अवसरमा देशवासीका नाममा सम्बोधन गरेका छन। देशवासीका नाममा आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट गरेको सम्बोधनमा प्रधानमन्त्री ओलीले समयको गतिसँगै मुलुकलाई विकासमा अगाडि बढाउन आफू क्रियाशील रहेको बताएका छन।

उनले भनेका छन, ‘समयको गति समाउन मैले पनि आफूलाई यो तीव्र गतिको दौडमा सामेल गरिरहेको छु।’ प्रधानमन्त्री ओलीले गएको वर्ष २०७५ मा आफू मुलुकका विभिन्न भागमा पुगेर त्यहाँबाट विकास गर्नकालागि प्रेरणा बोकेर आएको बताएका छन। उनले विकासमा लामबद्ध हुन सबैलाई आह्वान पनि गरेका छन। प्रधानमन्त्री ओलीले वर्ष २०७५ कानुन निर्माण र समृद्धिको जग बसाल्ने वर्ष भएको र अबको वर्ष त्यसबाट प्रतिफल प्राप्त गर्ने वर्ष हुने दाबी गरेका छन।

सरकारले केही गरेन भनेर गुनासो गर्नुभन्दा पनि के के काम गरेको छ भनेर प्रश्न गर्न र गरेका कामबाट जनतालाई कति फाइदा भयो भन्ने प्रश्न गर्न प्रधानमन्त्रीले आग्रह गरेका छन। प्रधानमन्त्रीले सम्बोधनका क्रममा आफ्नो नेतृत्वको सरकारले भ्रष्टाचारको अन्त्यका लागि काम गरेको बताए। उनले मुलुकमा शान्ति स्थापनाका लागि पनि महत्वपूर्ण काम भएको बताए।

[googleapps domain=”drive” dir=”file/d/1TAmUcrNf-Kp5r9xgkaWWCWZ0rDgf3yAX/preview” query=”” width=”640″ height=”480″ /]

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पोखरामा रवि लामिछानेको सहकारी ठगी मुद्दामा बयान सकियो, अब म्याद थपेर रुपन्देही लगिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सहकारी ठगी र सङ्गठित अपराधका आरोपमा गरिएको अनुसन्धानमा बयान लिने प्रक्रिया सकिएको छ । लामिछानेलाई सरकारी वकिलको कार्यालयले पटकपटक बयानका लागि बोलाएको थियो । उनको सम्पत्ति शुद्धिकरणसम्बन्धी विषयमा पनि अनुसन्धान भइरहेको छ ।

प्रतिकृया दिनुहॊस