टेलिकमको नयाँ अफर,भ्वाइस र डाटा सित्तैमा

काठमाडौं ।  नेपाल टेलिकमले सस्तो दरको भ्वाइस प्याकका साथै निशुल्क भ्वाइस प्याक योजना सार्वजनिक गरेको छ। जसमा अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक नामक बिभिन्न योजना रहेका छन्।

कम्पनीले प्रदान गरेका यी भ्वाइस प्याकहरु

अल टाइम भ्वाइस प्याक अन्तर्गत जीएसएम तथा सिडीएमए प्रिपेड÷पोष्टपेड मोबाइलमा एक दिन देखि ६० दिन सम्म प्रयोग गर्न सकिने प्याकेज प्राप्त गर्न सकिन्छ। यी प्याकेजहरु १० रुपैयाँ देखि ५५० रुपैयाँ सम्ममा खरिद गर्न सकिन्छ।

नाइट टाइम भ्वाइस प्याक अन्तर्गत जीएसएम तथा सीडीएमए प्रिपेड÷पोष्टपेड मोबाइलमा नाइट टाइम भ्वाइस प्याक ५ रुपैयाँमा १ दिनसम्म ३० मिनेट, १२ रुपैयाँमा १ रातसम्म असिमित ९ अनलिमिटेड समय, २५ रुपैयाँमा ७ रातसम्म २४० मिनेट र १ सय रुपैयाँमा २८ रातसम्म ११ सय मिनेट कल गर्न सकिने छ । सो प्याक राती १० बजेदेखि बिहान ६ बजेसम्म कम्पनीको नेटवर्क भित्र प्रयोग गर्न सकिने छ।

सीयूजी प्याकेज अन्तर्गत  कम्पनीले कर्पोरेट ग्राहकहरुका लागि सीयूजी ९कर्पोरेट युजर ग्रुप० प्याकेज उपलब्ध गराएको छ । जीएसएम,सीडीएमएका प्रिपेड,पोष्टपेड सबैमा यो सुविधा उपलब्ध छ । यो प्याकेज अन्तर्गत रहेका सदस्यहरुले एक अर्कामा असिमित कल गर्न सक्नेछन्।

जीएसएम अन्तर्गत ÷सिडीएमएका प्रिपेड ग्राहकले कम्पनीको नेटवर्कमा २०० रुपैयाँमा ६५ मिनेट भ्वाइस कल गर्न तथा १२५ एमबी डाटा चलाउन र २५ वटा एसएमएस पठाउन सक्ने सुविधा छ। यसैगरी जीएसएम÷सीडीएमए पोष्टपेड÷प्रिपेड ग्राहकका लागि ४ सय, ७ सय, १ हजार, १३ सय र १६ सय रुपैयाँ दरका विभिन्न ग्रुप बनाइएको छ।यो ग्रुपमा रहेका सदस्यहरुले एक अर्कामा असिमित कल गर्न बाहेक अन्य नम्बरमा विभिन्न दरको भ्वाइस कल गर्न, डाटा चलाउन र एसएमएस गर्न सकिन्छ ।

डे प्याक अन्तर्गत ६ रुपैयाँमा भ्वाइस र डाटा चलाउन मिल्ने छुट्टाछुट्टै प्याकेज लिन सकिन्छ । यस अन्तर्गत ६ रुपैयाँमा विहान ६ देखि बेलुकी ६ बजे सम्म ६० मिनेट कल गर्न वा ३६ एमबी डाटा चलाउन सकिन्छ ।

एफटीटीएच सेवा लिने नयाँ तथा पुराना ग्राहकले ९० दिनसम्म कम्पनीको नेटवर्कभित्र निःशुल्क भ्वाइस सेवा अर्थात सिप कल सेवा उपयोग गर्न सकिन्छ।नेपाल टेलिकमले एफटिटीएच अन्तर्गत ब्यक्तिगत र कर्पोरेट ग्राहकका लागि विभिन्न प्याकेजको व्यवस्था गरेको छ। ब्यक्तिगत तर्फ ८ एमबिपीएस, १८ एमबीपीएस, ३५ एमबीपीएस र ५५ एमबीपीएसका प्याकेज उपलब्ध छन् ।

यी प्याकेज ८ सय देखि १८ हजार ४ सय रुपैयाँ सम्ममा खरिद गर्न सकिने कम्पनीले बताएको छ।त्यसैगरी कर्पोरेट तर्फ १० एमबिपीएस र २० एमबिपीएस गतिको प्याकेज उपलब्ध छ । यस श्रेणीमा १० हजार ३ सय देखि ६९ हजार रुपैयाँ सम्मको प्याकेज उपलब्ध छन् ।

सीडीएमए प्रिपेड स्काई मोबाइलबाट राति १० बजेदेखि बिहान ६ बजेसम्म कम्पनीको नेटवर्कभित्र कल गर्दा ३० दिनसम्मका लागि करवाहेक २० रुपैयाँ मात्र तिर्नुपर्ने छ। यो सेवा सुचारु गर्नका लागि सिडिएमए प्रिपेड सेवा सेवाका ग्राहकहरुले मोबाइलको म्यासेज बक्समा नाइट टाइप गरी १४१५ मा एसएमएस गर्नुपर्ने छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री